साउन दोस्रो साता लागिसक्दा पनि पर्याप्त वर्षा नभएपछि पूर्वका जिल्लामा रोपाइँ खासै हुन पाएको छैन।

भिडियो सहित हेर्नुहोस !
Advertisement

श्रावण १०, २०७४- साउन दोस्रो साता लागिसक्दा पनि पर्याप्त वर्षा नभएपछि पूर्वका जिल्लामा रोपाइँ खासै हुन पाएको छैन। सबैतिर सिँचाइको प्रबन्ध छैन। कतिपय स्थानमा पम्पसेटबाट पानी तानेर खेती भइरहेको छ। रोपिएका धान पनि पानी अभावमा सुक्न थालेका छन्।
विराटनगर–१४ का सन्देश यादवले वर्षा हुने छाँट नदेखेपछि पम्पसेटले पानी तानेर सोमबारबाट रोपाइँ सुरु गरेका छन्। रोप्न ठीक पारेको हिलोमा उनकी आमाले खीर, पुरी, कटहर, लड्डु, फूल, पान चढाएर पूजा गर्दै कर्कलोको बिरुवा रोपेपछि ‘पाँच केसरा’ धानको रोपाइँ सुरु गरिन्। बाली सप्रियोस् भनेर यसरी पूजा गर्ने गरिएको उनीहरूले बताए। ‘पानी नपरेकाले दुई बिघा खेतमध्ये हालसम्म एक बित्तामा पनि धान रोपेको छैन,’ सन्देशले भने, ‘खेत बाँझो राख्नुभन्दा गाईगोरुलाई खुवाउन परालका लागि पनि रोप्नैपर्ने भएकाले पम्पसेटबाट पानी हालेर धान रोपाइँ सुरु गरें।’

Related Posts: