कञ्चनपुर, २९ असार । कञ्चनपुर जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसंगै पदभार ग्रहण गरिसकेका छन् । स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरे निर्णय चासोको विषय बन्दै छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भने कुर्सीका कारण चर्चामा छन् । उनी नगरपालिकाले किनेको आरामदायी कुर्सीमा बस्दैनन् । बरु घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेका छन् ।
‘१० वर्षदेखि यही कुर्सीमा बसेर जनताको सेवा गरे, ५ वर्षे कार्याकाल पनि यसैमा विताउँछु’, उनले मंगलबार सञ्चारकर्मीमाझ भने, ‘म सामान्य जनताको छोरो उनीहरू सरह नै बस्न चाहान्छु ।’
आफूलाई कुर्सी मोहभन्दा जनताको सेवा गर्ने चाहना रहेको उनले बताए ।
इन्जिनियर ठानेर बिहे गर्दा १० पास परेपछि…काठमाडौं – इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन) को करिब एक वर्षअघि रमेशप्रसाद तिमिल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै…Read More