अठार प्रतिशत धान रोपाइँ

भिडियो सहित हेर्नुहोस !
Advertisement


हालसम्म १८ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लाको माडीफाँट, अर्गलीफाँट, दोभानफाँटलगायत स्थानमा धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले जानकारी दिनुभयो ।

यहाँका अधिकांश भागमा आकासे पानीको भरमा धान रोपाइँ हुने गरेको छ । जिल्लामा आठ हजार ६२० हेक्टर क्षेत्रफलमा वर्षे धान र करिब ७०० सय हेक्टरमा हिउँदे धानखेती गरिन्छ ।


असारको अन्तिम साताबाट मात्र रोपाइँको चटारो हुने कृषक बताउँछन् । अधिकांश भागमा कृषक सिँचाइ सुविधा नहुँदा आकासे पानी भर पर्नु पर्छ ।

Related Posts: