संसारभर नेपालको नाम चम्काउने मीरा राईलाई काठमाडौँमा सम्मान

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपाललाई संसारभर चिनाउने धाविका मीरा राईलाई शनिबार राजधानीमा सम्मान गरिएको छ ।

धावन क्षेत्रमार्फत नेपाललाई संसारमा चिनाएको भन्दै भोजपुरे सेवा समाजले काठमाडौँमा विशेष कार्यक्रम गरी उनलाई सम्मान गरेको हो । भोजपुरे चेली ‘अल्ट्रा’ धाबिका मीराले धावन क्षेत्रमा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल भएकी थिइन् ।

यसैगरी, कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वअर्थमन्त्री शङ्कर कोइराला र सोलुखुम्बुका समाजसेवी गोमा शेर्पालाई पनि सम्मान गरिएको थियो ।

अर्थमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणभएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख गर्दै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताए ।

अर्थमन्त्री कार्कीले नेपालको निर्यात घटेको र आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै देशमा आयात न्यूनीकरण गर्ने चुनौति रहेको धारणा व्यक्त राखे ।

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले मुलुकको दिगोे आर्थिक विकासका लागि सरकारले गम्भीर भएर कार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावा, सांसद जयन्ती राई, तारादेवी राई तथा मोहनकुमार राईको पनि कार्यक्रममा सहभागिता थियो ।

Related Posts: