नेपालगन्जमा केएल दुगड गु्रपको उद्योगमा भिषण आगलागी, दुई करोड बढीको क्षती भएको अनुमान (भिडीयो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement
 ७ साउन । नेपालका एक ब्यवसायी घराना केएल दुगड गु्रपको नेपालगन्जको कारकांदो स्थित खाद्यान्नको भण्डारणमा शनिवार भिषण आगलागी भएको छ । कारकांदोको भुजईगाउं स्थित गोदाममा भएको आगलागीमा दुई करोड रुपैया भन्दा बढीधान, गहुँ, घिउ र तेल भण्डारण गरिएको उद्योगमा आगलागी भएको कार्यरत कर्मचारीहरुले जनाएका छन् । बांकेको नेपालगन्ज, रांझा बिमान स्थल, कोहलपुर नगरपालीका तथा बर्दियाको गुलरीया नगरपालीका बाट आएका चारवटा दुइ दमकलले आगो नियन्त्रणमा लिएका छन् । दिउसो करीब पौने ४ वजेबाट लागेको आगो नेपालगन्ज र गुलरीयाका दमकलले नियन्त्रणमा लिन नसके पछि कोहलपुर र रांझा बिमान स्थलबाट दमकल झिकाइएको थियो । करिब पौने ८ बजे मुस्किलले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ । आगो नियन्त्रणका लागि एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरीएको थियो भने सहित स्थानिय बासीन्दा समेत लागेका थिए ।
बांके र बर्दियाका नगरपालीकाका तीन दमकलले आगो नियन्त्रणमा लिन नसके पछि जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई आग्रह गरी रांझा बिमानस्थलवाट दमकल मगाइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरीएको छ ।
 क्षती भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

Related Posts: