भिडियो सहित हेर्नुहोस !
Advertisement
कांग्रेसले झापामा एक, धनकुटामा एक, भोजपुरमा एक, कैलालीमा दुई, डडेलधुरामा एक र अछाममा एक गरी सात महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो ।कैलालीका दुई क्षेत्रको मतपरिणाम आउन बाँकी छ भने अन्य क्षेत्रका महिला उम्मेदवार पराजित भइसकेका छन्। त्यस्तै, एमालेले आठ महिलालाई प्रमुख वा मेयर उम्मेदवार बनाए पनि दुई जनाले मात्रै जितेका छन् । डोटीको सिलगुढी नगरपालिकामा एमालेकी उम्मेदवार मञ्जु मलासी मेयरमा विजयी हुनुभएको छ । त्यस्तै, झापाको कमल गाउँपालिकामा एमालेकी मेनुका काफ्ले गोलाप्रथाबाट प्रमुखमा चयन हुनुभएको छ ।कांग्रेस उम्मेदवारसँग बराबरी मत आएपछि उहाँ गोलाप्रथाबाट प्रमुख चयन हुनुभएको हो । स्थानीय तहमा सबैभन्दा बढी महिला उम्मेदवार दिएको माओवादी केन्द्रबाट भने एक जना महिलाले मात्रै चुनाव जितेकी छन् । रुकुमको सिस्ने गाउँपालिकाको प्रमुखमा माओवादीबाट कुमारी बराल गौतमले चुनाव जित्नुभएको हो ।
माओवादी केन्द्रले दोस्रो चरणको चुनावमा १७ जनालाई प्रमुखको उम्मेदवार बनाएको थियो । कांग्रेसले झापाको गौरीगञ्ज गाउँपालिकामा फूलवती राजवंशी, धनकुटाको पाख्रिबास नगरपालिकामा इन्दिरा थापा, भोजपुरको पौवादुङमा गाउँपालिकामा शिशिरा राई, अछामको रामारोशन नगरपालिकामा अनुराधा स्वाँर, कैलालीको घोडाघोडी नगरपालिकामा रीता चौधरी र जानकी गाउँपालिकामा गंगादेवी चौधरी र डडेलधुराको भागेश्वर गाउँपालिकामा कौशिला भट्टलाई प्रमुखमा प्रतिस्पर्धा गराएको थियो । एमालेले नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा विमला अर्याल, कपिलवस्तुको मयादेवी गाउँपालिकाको अध्यक्षमा फौजिया नसिम, रोल्पाको रोल्पा नगरपालिकामा मीना शर्मा, कपिलवस्तुको बाणगंगा नगरपालिकाको प्रमुखमा विमला घिमिरे, रुकुमको भुमे गाउँपालिका अध्यक्षमा आशा स्वर्णकार, कमल गाउँपालिकामा मेनका काफ्ले र हल्दीबारी गाउँपालिका अध्यक्षमा मञ्जु सिटौला र डोटीको सिलगढी दिपायल नगरपालिकामा मञ्जु मलासीलाई मेयरको उम्मेदवार बनाएको थियो ।
माओवादी केन्द्रले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा लक्ष्मी हाङछङबो, मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुखमा लक्ष्मी न्यौपाने लता, संखुवासभाको धर्मदेवी नगरपालिका प्रमुखमा उमा कार्की विष्ट, तेह्रथुमको मेन्छयायेम गाउँपालिकाको प्रमुखमा फूर्वी शेर्पा, खोटाङको रुपाकोट माझवागढी नगरपालिका प्रमुखमा दुर्गा जयन्ती राई, खोटाङको लामिडाँडा गाउँपालिकाको प्रमुखमा डा.चेतकुमारी गुरुङ, खोटाङकै अन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणा राईलाई उम्मेदवार बनाएको थियो । त्यस्तै, खोटाङकै केपिलारुगढी गाउँपालिका प्रमुख मनकुमारी रमाइली सोही जिल्लाको बहालपोखरी गाउँपालिका प्रमुखमा निशा राई, ओखलढुंगाको सुनसरी गाउँपालिका प्रमुखमा चप्पा कार्की, सोलुखुम्बु दूधकोशी गाउँपालिका प्रमुखमा आशकुमारी राई, पाल्पाको तानसेन नगरपालिका प्रमुखमा प्रतीक्षा सिंजाली, पाल्पाकै रिब्दीकोट गाउँपालिका प्रमुखमा लीला कार्की, रुकुम जिल्लाको सिस्ने गाउँपालिका कुमारी बराल गौतम, वैतडीको सुनेपा गाउँपालिका प्रमुखमा नरी भाट र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका प्रमुखमा शोभा भट्टलाई उम्मेदवार बनाएको थियो ।
