कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजारभन्दा बढी उत्तीर्ण -यो सूचना सेयर गरी सबैलाइ जानकारी गरौ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजारभन्दा बढी उत्तीर्ण

१० साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा सर्वाजनिक भएको । परीक्षामा १२ हजार १ सय ८ जना उत्तीर्ण भएको इपीएस कोरिया शाखाका प्रमुख बाबुराम खतिवडाले बताए ।

गएको जेठ २७ र २८ गते लिइएको परीक्षामा ६८ हजार भन्दा बढीले आवेदन दिएका थिए । त्यतिबेला केही परीक्षार्थीको परीक्षा छुटेपछि एकहप्ता कम्प्युटरमाफएत परीक्षा लिइएको थियो । उत्तीर्ण भएकामध्ये आधाभन्दा बढी कृषितर्फका परीक्षार्थी छन् ।

यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झन्डै तीन गुणा बढी भएकाले उत्तीर्ण हुनेमा पनि गएको वर्ष भन्दा झण्डै चार गुणा वृद्धि भएको छ । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।

Related Posts: