सप्तरीका डुबान पीडितको उद्दार र राहतमा खटिन कार्यकर्तालाई एमालेको निर्देशन

भिडियो सहित हेर्नुहोस !
Advertisement




प्रमुख विपक्षी नेकपा एमालेले सप्तरीको तिलाठी लगायतका गाउँका बाढी पीडित नागरिकलाई तत्काल राहत र पुनस्र्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । एमोले आफ्ना कार्यकर्तालाई पनि डुबान पीडितका राहत तथा उद्दारमा सहभागी हुन निर्देशन दिएको छ ।

१६ गतेको रातभरको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न स्थानमा आएको बाढीबाट पीडित नागरिकलाई तत्काल उद्दार गरी बसोबासको प्रबन्ध मिलाउन एमालेले माग गरेको हो । महासचिव ईश्वर पोखरेलले एक बिज्ञप्ति जारी गर्दै सप्तरीबासीलाई सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् ।

बाढीमा परी सशस्त्र प्रहरीका हवलल्दार सुमन आचार्यको निधनमा भएको थियो । करिब एक हजार पाँच सय घर डुवानमा परी स्थानीय बासिन्दा विस्थापित भएको एमालेले जनाएको छ ।

महुली खोलामा आएको बाढीका कारण त्रिकौलका १ सय ५० र तिरहुत गाउँपालिका-५, भेडियाका ७० घर, दुधैला खोलामा आएको बाढीले रुपनी गाउँपालिका-६, वीरेन्द्रनगर बजारका ६ घर डुबानमा परेका छन् ।

त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका बेल्हीका ५० र सकरपुरका ५०, कञ्चनरुप नगरपालिका, राजविराज नगरपालिकालगायतका क्षेत्रका सयौं घर डुबानमा परेका एमालेको बिज्ञप्तिमा जनाईएको छ ।

बिपद् क्षेत्रमा सहयोगमा खट्न एमालेले कार्यकर्तालाई निर्देशन पनि गरेको छ ।

Related Posts: