राष्ट्रपतिविरुद्ध फेसबुकमा जथाभावी लेख्ने प्यूठानका सुनार पक्राउ

भिडियो सहित हेर्नुहोस !
Advertisement


राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति भण्डारीलाई फेसबुक स्टाटसमा छन्नभाँती लेख्ने युवक तौलिहवाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सोनुकुमार सुनार पेशाले पत्रकार हुन् ।

रेडियो तौलिहवाका पत्रकार सुनारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रेडियोको स्टेशन बाहिरबाटा बुधवार साँझ नियन्त्रणमा लिएको हो । पक्राउ परेका सुनारको स्थायी घर भने प्यूठान जिल्लामा पर्छ ।

प्रहरी उपरीक्षक भोजजंग शाहले सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको बताए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जथाभावी लेख्ने सुनारलाई हदैसम्मको कारबाही माग गरे ।

Related Posts: