बाँकेको जानकीमा एमाले

भिडियो सहित हेर्नुहोस !
Advertisement


असार २०, २०७४- बाँकेको ८० प्रतिशत मधेसी बहुल जानकी गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा रामनिवास यादव र उपाध्यक्षमा भूमिसरा धिताल विजयी भएका हुन् ।

१८ हजार ७८ मतदाता रहेको गाउँपालिकामा सुरुमा संघीय समाजवादी फोरम नेपालले जितको दाबी गरेको थियो । तर, अन्तिम अवस्थामा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमाले भए ।

कांग्रेसका छब्बन खानलाई एमालेका उम्मेदवार यादवले ७८ मतले पराजित गरेका छन् । एमालेका यादवले ३ हजार ८४ मत पाएर विजयी हुँदा कांग्रेसका खानले ३ हजार ६ मत पाएका छन् ।