वुटवल, १८ असार । बुटवल उपमहानगरपालिकामा जारी मतगणनामा अहिलेसम्म नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले खाता खोल्न सकेको छैन् ।
वडा नम्बर १ देखि ८ सम्म मतगणना हुँदा नेकपा एमालेले एकलौटी जित हासिल गरेको छ । भर्खरै सकिएको वडा नम्बर ८ को मतगणनामा एमालेको एकलौटी प्यानल विजयी भएको छ । वडा नम्बर ८ को अध्यक्षमा एमालेका भिमबहादुर श्रेष्ठ १५ सय २६ मत ल्याएर विजयी भएका छन् । उनले कांग्रेसका राधेश्याम राजभण्डारीलाई हराए । राजभण्डारीले १ हजार ५१ मत ल्याए ।
मेयर र उपमेयरमा भने काँग्रेस माओवादी गठबन्धनले एमालेलाई टक्कर दिइरहेको छ । ताजा मतपरिणम अनुसार मेयरमा एमालेका शिवराज सुवेदी अगाडि रहेका छन् भने उनलाई काँग्रेस माओवादी गठबन्धनका खेलराज पाण्डेले पच्छाईरहेका छन् । एमालेलाई ९ हजार ५ सय ३० मत पाप्त भएको छ भने गठबन्धनले ८ हजार ७ सय ८६ मत प्राप्त गरेको छ ।
यस्तै उपमेयरमा पनि एमालेलेनै अग्रता लिइरहेको छ । एमाले उम्मेद्वार गोमा आचार्यले १० हजार ४ सय ५३ मत प्राप्त गरेकी छन् भने गठबन्धनका जगत पोखरेलले ६ हजार २ सय २३ मत प्राप्त गरेका छन् ।
हालसम्म २० हजार मत गणना भएको छ । बुटवलमा करिब ५० हजार मत खसेको छ । बुटवलमा काँग्रेस, माओवादी र संघीय समाजवादी फोरमको गठबन्धन छ भने एमाले एक्लै भिडिरहेको छ । वडा नम्बर १ मा एक जना महिला सदस्य बाहेक वडाको नेतृत्वमा अहिलेसम्म काँग्रेस, माओवादी र संघीय समाजवादीको गठबन्धन निल छ ।
प्रधानमन्त्रीले किन बोलाए आकस्मिक बैठक ? वैशाख ६, २०७४- वैशाख ३१ गतेको स्थानीय चुनावबारे संशय सुरु भएकाबेला प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिकरुपमा ५ दलको बैठक बोलाएका छन् ।प्रधानमन्त्रीक…Read More