भिडियो सहित हेर्नुहोस !
Advertisement
मार्क जुकरबर्ग धेरै ब्यस्त छन् । ३३ बर्षको कलिलो उमेरमै ४ सय ३३ अर्ब डलर बजार पुँजीकरण भएको कम्पनी चलाएपछि ब्यस्त नहुने कुरा पनि भएन ।उनले दिनभरिमा धेरैथरी काम गर्नु स्वभाविक नै हो ।यसका बाबजुद जुकरबर्ग आफ्ना लागि दैनिक कसरत, परिवारसँगको समयलगायतको ब्यवस्थापनको सन्दर्भमा पनि चुस्त छन् ।
उनी उत्पादनशील र सन्तुलित छन् । र, आफ्नो जीबनका अनावश्यक र कम प्राथमिकतामा रहेका बिषयहरुलाई घटाउँदै आफ्ना लागि महत्वाकांक्षी लक्ष्य तय गर्नमा ब्यस्त रहन्छन् ।
यहाँ उनको औसत दिनलाई प्रस्तुत गरिएको छ ।बिहान ८ बजे उठेपछि मार्क तुरुन्तै आफ्नो फेसबुक, फेसबुक म्यासेन्जर र ह्वाट्स एप चेक गर्छन् ।बिहान सामान्य जानकारी बटुलेपछि उनी शारिरिक तन्दुरुस्तीका लागि कसरत गर्छन् । उनी सामान्यतः हप्तामा ३ पटक कसरत गर्छन् ।
कहिलेकाँही उनी कसरत गर्दा ‘बिस्ट’ नाम गरेको आफ्नो कुकुरलाई पनि सँगै लैजान्छन् । कुकुरको अगाडि डौडन यी युवा उद्यमीलाई रमाइलो लाग्छ रे । यसो गर्दा उनलाई आफु चोर भएको र कुकुरको अगाडि डौडिरहेको अनुभुति हुने उनी बताउँछन् ।कसरत पछि उनी नास्ता खान्छन् । तर, नास्तामा यही नै चाहिन्छ भन्ने छैन । उनी त्यस दिन जे खाना मन लाग्यो त्यही खान्छन् । स–साना कुराहरुमा निर्णय गरिरहन उनलाई मन पर्दैन ।
त्यसैकारण उनी लुगा लगाउने सन्दर्भमा पनि खासै निर्णय गर्न रुचाउँदैनन् । उनी सँधै उस्तै लुगा लगाउन रुचाउँछन् । उनको लुगा प्राय जिन्स र खैरो टिर्सट हुनेगर्छ । आफ्नो लुगाको बारे सोधिएको एक प्रश्नमा उनले आफु कसरी आम समुदायको राम्रो सेवा गर्ने भन्नेमा बाहेक अन्य कुरामा अत्यन्तै कम निर्णय गर्न रुचाउने बताएका थिए ।मार्क फेसबुकमा हप्ताको ५० देखि ६० घण्टासम्म काम गर्छन् । तर, उनी सामाजिक सञ्जालका बारे भने निरन्तर सोचि रहन्छन् ।
‘म आफ्नो अधिकांश समय कसरी यो बिश्वलाई जोड्ने र आफ्नो समुदायको सेवा गर्ने भनेर सोचिरहन्छु ।तर, यो कार्यालयमा लामो समय बसेर वा आफ्ना सहकर्मीहरुसँग बैठक गरेर भने नहुन पनि सक्छ’ उनले सिएनएनलाई बताएका थिए ।उनी जतिसक्दो धेरै किताब पढ्ने कोशिस पनि गर्छन् । सन् २०१५ मा उनले आफैंलाई हरेक २ हप्तामा एउटा नयाँ किताब पढ्ने चुनौति दिएका थिए ।
उनले बिश्वका ठूला नामहरुसँग भेटघाट गरेका छन् । इसाई धर्म गुरु पोप फ्रान्सिस्, निर्बतमान राष्ट्रपनि बारक ओबामा र अभिनेता भ्यान डिजेल केही त्यस्ता नामहरु हुन् ।हालै मार्कले धेरै पटक अमेरिकाको बिभिन्न भागहरुको भ्रमण गरेका छन् । यसले उनी भविष्यमा राजनीतिमा आउन चाहेका हुन् कि भन्ने शंका समेत उब्जाएको छ ।
यात्रा गर्दा वा काम गर्दा पनि मार्क आफ्नी श्रीमती प्रिसिला चान र छोरी म्याक्ससँग समय बिताउँछन् । छोरी जन्मेका बेला उनले फेसबुकबाट २ महिना छुट्टि लिएका थिए । मार्क र प्रिसिला सन् २०१७ मा अर्को छोरीको प्रतिक्षामा छन्।