भिडियो सहित हेर्नुहोस !
Advertisement
,असार २० | झापाको कमल गाउँपालिकाको अध्यक्षमा ‘गोलाप्रथा’ बाट नेकपा एमालेकी मेनुका काफ्ले विजयी भएकी छिन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हुकुमसिंह राईलाई पराजित गरेकी हुन् ।
काफ्ले र राईले समान ८ हजार २ सय ७५ मत पाएका थिए । बराबर मत भएपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको हो । काफ्लेको विजयीसँगै कमल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको छ