भारतीय सेनाले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप

भिडियो सहित हेर्नुहोस !
Advertisement


मुजफ्फरबाद (पाकिस्तान): विवादास्पद क्षेत्र काश्मिरको सीमा क्षेत्रमा भारतीय सैनिकले गोली हानी आफ्ना चार जना सैनिकको हत्या गरेको पाकिस्तानले आरोप लगाएको छ ।

आइतबार अपरान्ह भारतीय सैनिक पक्षबाट पाकिस्तानी सेनाको गस्ती टोलीको सवारीमा पनि क्षति पुर्या‌‍एको पाकिस्तानी सैनिकले जनाएको छ ।

पाकिस्तान प्रशासित काश्मिरी क्षेत्र निलम उपत्यकामा सो हत्या भएको पाकिस्तानी सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो घटनाको पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले निन्दा गर्नुभएको छ ।

यस विषयमा भारतीय पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

Related Posts: