शुक्रबार सडकमा बगेको भेलसँगै ढलमा बगेकी बाँचेकी स्कुले विद्यार्थी सत्या सापकोटालाई भेट्न काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी उनको घरमा पुगे ।
सामाखुसीस्थित आफ्नै निवासमा आइपुगेका मेयर उपमेयरलाई सत्याले सडकको अवस्था सुधार गर्न सुझाव दिइन् । ‘तपाईंहरुले मानोरेल चलाउँछु भन्नुभएको छ, त्योभन्दा पहिला भताभुंग सडक बनाउनुस्,’ सापकोटाले मेयर शाक्यलाई भनिन्, ‘हामी सधैं हिँड्ने बाटोमै मर्नुपर्ने भयो ।’
काठमाडौं महानगरका मेयर शाक्यले सडक र ढलको निर्माण र मर्मतमा विशेष ध्यान दिने बताए । ‘विकासका लागि मोनोरेल पनि चलाउनै पर्छ । प्राथमिकतामा सडकलाई राख्छौं,’ शाक्यले सत्यालाई जवाफ दिए ।
उनले सत्यालाई एक लाख रुपैयाँ बराबरको जीवन बीमा महानगरपालिकाले गर्ने घोषणा पनि गरेका छन् ।सत्याको घरमा जम्ममा भएका अन्य बालबालिकाले पनि सडकमा निस्कनै डर लाग्ने अवस्था आएको गुनासो सुनाए । उनीहरुले आफूले भोट नहालेपनि अभिभावकले नै भोट हालेर जिताएकाले जनप्रतिनिधिले बालबालिकालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका थिए ।
काठमाडौं महानगरपालिकाले महाराजगञ्जदेखि बालाजुसम्मको ढल ब्यवस्थापनबारे अध्ययन गर्न २ जना इञ्जिनियर खटाएको छ । पानी जम्ने कारण पत्ता लगाएर समाधानका लागि काम गर्ने महानगरको योजना छ ।मेयर शाक्यले सोमबार नै ढलमा बगेर मृत्यु भएकी तारकेश्वर नगरपालिकाकी बालिका विनिता फुयाँलको परिवारसँग पनि भेट गरेका छन् ।
भेटका क्रममा विनिताका बाबुले छोरीको मृत्युको जिम्मेवारी कसले लिने हो भन्ने प्रश्न गरेका थिए । तारकेश्वर नगरपालिकाका मेयरसँगै त्यहाँ पुगेका मेयर शाक्यले घटना दुःखद भन्दै महानगरले तत्कालका लागि विनिताको परिवारलाई २५ हजार रुपैयाँ राहत उपलब्ध गराइने बताए ।तारकेश्र नगरपालिकाले पनि विनिताको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
चुनाव बिथोल्ने गरी आन्दोलनको घोषणाजेष्ठ २८, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय चुनाव बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सत…Read More