गाउँघर तथा शहर जहाँतही पाइने फल हो अम्बा । शहरी बजारमा सिजनमा बाहेक बेसजिनमा समेत पाईने अम्बा धेरै फाइदाजनक छ ।
अम्बाले प्रतिरोधात्मक शक्ति बढाउँछ अम्बा केवल स्वादका लागी मात्रै प्रयोग नभई प्रतिरोधात्मक शक्ति बढाउनका लागी पनि उत्तम मानिन्छ । यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ । दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सिको कमीलाई हटाउँछ ।
गर्भवती महिलाहरुका लागी अति उत्तम फोलिक एसिड, विटामिन बी९९ले भरीएको अम्बा गर्भवती महिलाहरुका लागी अझ लाभदायक हुन्छ । यसको प्रयोगले बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ ।
आँखाको लागी पनि लाभदायक गाजर जस्तै अम्बा पनि भिटामिन एका लागी उत्तम मानिन्छ । पोषक तत्वले भरीएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन एको कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ ।
सुगरका बिरामीका लागी रामबाण चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ । एक अध्ययनका अनुसार अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो रामबाण नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ ।
नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”
वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालनपाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको छ ।फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन …Read More