ठूलो सिरुवारीबाट काठमाडौँतर्फ गइरहेको बा२ख २७०२ नं को बस चौतारा–बन्देउ सडक खण्डअन्तर्गत पोखरेवेसीमा आज दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम अधिकारीका अनुसार विपरीत दिशााबाट आउँदै गरेको बा६४प ३०२६ नं को मोटरसाइकललाई जोगाउन खोज्दा बस भिरमा खस्न पुगेको थियो ।
घाइते सबैको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसकारण दिएनन् राजीनामा कार्तिक १, २०७४-सामूहिक राजीनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरू किन एकाएक रोकिए ? मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासामु राजीना…Read More
टोटेनहम र रियल बराबरीमा कार्तिक १, २०७४-युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह 'एच' को खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङलिस क्लब टोटेनहम हट्स्परबिचको खेल १-१ को बराबरीमा …Read More