यो हो देश कै नामी नेताहरु रामशरण महत, प्रकाशचन्द्र लोहनी र अर्जुन नरसिंह केसीको घर जाने बाटो

भिडियो सहित हेर्नुहोस !
Advertisement


, ४ असार । नुवाकोट र काठमाडौं जोड्ने सबैभन्दा पुरानो बाटोको हालत देखेर सडक छेउमा उभिएर स्थानीयवासी सरकारलाई गाली गरिरहेका भेटिन्छन् । देशकै सबैभन्दा धेरैपटक अर्थमन्त्रीको जिम्मेवारी नुवाकोटका काँग्रेस नेता डा. रामशरण महतले संहाले ।
प्रकाशचन्द्र लोहनी २ पटक अर्थमन्त्री बने, अर्जुन नरसिंह केसी समेत धेरै पटक मन्त्री बन्नेको सुचिमा सामेल छन् । प्रायः सबै क्याबीनेटमा नुवाकोटको सहभागिता रहने गरेको छ । तर, काठमाडौं त्रिशुली जोड्ने पासाङलामु राजमार्ग २ लेनमा बिस्तार गर्ने कामको सुरुवात भएको २ बर्ष भइसकेको काम जहाँको त्यही छ । कामले तिब्रता नपाउँदा यात्रुहरु मारमा परेका छन् ।

हिउँदमा धुलो र बर्षामा हिलोको कारण यातायत सञ्चालन गर्ननसक्ने अबस्थामा पुगेको गाडी चालकहरु गुनासो गर्छ । बाटोमा दिनहुँ चिप्लिएर मोटर साइकल लड्ने गरेको स्थानीयवासी बताउँछन् । बाटो यस्तो भएपछी धेरै अप्रिय दुर्घटनाहरु हुदै आइरहेको छ ।

हेर्नुहोस दिग्गज नेताहरुको घर जाने बाटोको केहि दृश्यहरु :

Related Posts: