अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते हाइ अल्टिच्युडका कारण मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि नेपाल आइपुगेको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


साउन, काठमाडौं । अमेरिकाको हिमाल आरोहणका क्रममा गत असार २ गते हाइ अल्टिच्युडका कारण मृत्युवरण गरेका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि नेपाल आइपुगेको छ ।


उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)मा राखिएको छ । उनलाई श्रद्धाञ्जलि दिन खेलाडी, प्रशिक्षकलगायत खेल क्षेत्रका व्यक्तित्वदेखि राजनीतिज्ञसम्म राखेप परिसर पुगेका थिए ।
गृहमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गगन थापा तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले पण्डितको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे ।
पण्डितको अन्त्येष्टि गृहजिल्ला प्यूठानमै हुने परिवारका सदस्यले जानकारी गराएका छन् । त्यसका लागि उनको शव हेलिकोप्टरमार्फत आजै प्यूठान लगिनेछ । त्यसअघि प्यूठानको टिकुरी बसपार्क परिसरमा अन्तिम श्रद्धाञ्जलि दिइनेछ ।
सगरमाथा लगायत विश्वका सबै महादेशका उच्च शिखर आरोहण गरिसकेका २९ वर्षे पण्डितको अमेरिकाको आलस्कामा रहेको ६ हजार १९० मिटर उचाइको माउण्ट डेनाली आरोहणका क्रममा हाइ अल्टिच्युडका कारण मृत्यु भएको थियो ।

Related Posts: