यी पाँच देश जहाँ कहिल्यै सूर्य अस्ताउँदैन !

भिडियो सहित हेर्नुहोस !
Advertisement


सूर्य बिहान पूर्वबाट उदाउँछ । र, साझा परेपछि पश्चिमबाट अस्ताउने गर्छ । यो प्रकृतिको नियमित प्रक्रिया हो, यो चलिरहन्छ अनन्तसम्म ।

तर, के तपाईंलाई सूर्य कहिल्यै पनि अस्ताएन भने के हुन्छ होला भनेर सोच्नुभएको छ ? संसारमा यस्ता पनि देश छन्, जहाँ कहिल्यै पनि सूर्य अस्ताउँदैन । ती कुन–कुन देश हुन् त, थाहा पाउनुहोस् ।

(१) नर्वे

नर्वेमा मेदेखि जुलाईसम्म करिब ७६ दिनसम्म सूर्य अस्ताउँदैन । त्यसैले नर्वेलाई ‘ल्यान्ड अफ् दि मिडनाइट सन’ अर्थात् मध्यरातको सूर्यको भूमि पनि भन्ने गरिन्छ । नर्वेको सबै क्षेत्रमा नभएर यस्तो केही क्षेत्रमा मात्र हुने गर्छ ।

(२) स्वीडेन

स्वीडेनमा पनि मेदेखि अगस्ट महिनासम्म आधारातमा मात्र सूर्य अस्ताउँछ । र, फेरि बिहान साढे ४ बजे उदाइहाल्छ । राजधानी स्टोकहोममा रहेका १४ टापुमा यस्तो अनुभव गर्न पाइन्छ । मध्यरातमा देखिने सूर्यको दृश्य यहाँका टापुमा साँच्चीकै मनरोम देखिन्छ ।

(३) आइसल्यान्ड

युरोपियन देश आइसल्यान्डमा पनि १० मेदेखि जुलाईको अन्तिमसम्म सूर्य अस्ताउँदैन । यहाँ रातको सूर्यसँगै सुन्दर दृश्य हेर्न पाइन्छ ।

(४) क्यानाडा

क्यानडाको पनि केही भागमा गर्मी मौसमभरि करिब ५० दिन सूर्य अस्ताउँदैन । मध्यरातसम्म सूर्य उदाउने हुँदा यहाँ पनि पर्यटक आनन्द लिन्छन् ।

(५) फिनल्यान्ड

फिनल्यान्डको पनि अधिकांश भागमा गर्मीको समयमा ७३ दिनसम्म निरन्तर सूर्य देखिन्छ । सूर्य नअस्ताउने यो समयमा यहाँ पनि पर्यटकको ओइरो लाग्ने गरेको छ ।

Related Posts: