खेलाडीको तिहार

भिडियो सहित हेर्नुहोस !
Advertisement


कार्तिक ४, २०७४-गत वर्ष सारा नेपाल लक्ष्मी पुजामा व्यस्त हुँदा नेपाली राष्ट्रिय फुटबल टोली भने विमानस्थलमा मलेसिया प्रस्थान गर्ने तयारीमा थियो । एएफसी सोलिडारिटी कपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेको थियो । चाडबाडको मुखैमा विदेशिनु पर्दा खेलाडीको मुहारमा केहि नैराश्यता प्रष्ट देखिन्थ्यो । घर–परिवारलाई छाडेर देशको प्रतिनिधित्व गर्दै खेल्न जानु खेलाडीको लागि नौलो थिएन। चाडबाडको समय भएकाले भने खेलाडीहरु केही खिन्न थिए ।
टिकाटालो सकिएपछि फोटो खिच्दा सबैजना हसिँलो मुद्रामा थिए । नेपाल छाड्दा विमानस्थलमा देखिएको उदाशीपन उडिसकेको थियो । मलेसियाको मुस्कानले यता नेपालमा विशालकी दिदि विद्या पनि गदगद भइन् । विद्याले त्यस बेलाको अवस्थाको बेलिबिस्तार लगाइन् । ‘विशाल एन्फा एकेडेमीमा छँदा देखिनै तिहार कहिल्यै छुटेको थिएन । दशैं भने एकदुई पटक खेलका कारण मनाउन पाएको थिएन । तिहार मनाउन नपाउँदा मन खिन्न भएको थियो । तर मैले विराजसँग कुरा गरेर उतै केहि गर्न सकिन्छ कि भन्ने योजना बनाएँ ।’
‘टिकाको दिन बिहानै फेसबुकमा भाइहरुले फोटो र भिडियो हालेको देख्दा एकदम खुसी लाग्यो । विशालसँगै अन्य खेलाडीले पनि टिका लगाएको देख्दा यहाँ भन्दा रमाइलो भयो,’ उनले सुनाइन् ।
विशाल आफैं पनि निकै खुसी देखिन्थे । ‘त्यसबेला तिहार मनाउन पाइन्छ भन्ने एक मनले पनि सोचेको थिएन । निकै खुसी लाग्यो । मसँगै अन्य साथीहरुले पनि सँगै टिका लगाइयो, तिहार मिस भएन,’ उनले भने ।
यसपटक विशाल नेपालमै छन् र दिदि विद्या सपरिवार तिहार मनाउने सुरमा छन् । ‘यसपटक विगत जस्तै तिहार हुन्छ । चाडबाडमा हाम्रो परिवारका सम्पूर्ण सदस्य एकै ठाउँमा भेला हुन्छौं । विशालसँगै दिदि बिना र पार्वती पनि आउनुहुन्छ ।’
‘पछिल्लो वर्ष विशाल नभए पनि मलेसियाको खुसीले तिहार विशेष रहयो । यसपटक पनि योजना बुन्दै छु, हेरौं के हुन्छ’

Related Posts: