दार्जिलिङमा फेरि हिंसा भड्कियो, दुईजनाको मृत्यु

भिडियो सहित हेर्नुहोस !
Advertisement

२७ असोज । भारतको दार्जिलिङमा फेरि हिंसा भड्किएको छ । दार्जिलिङलाई छुट्टै राज्य बनाइनु पर्ने माग राख्दै भएको लामो आन्दोलन स्थगित गरेको दुई सातामै फेरि हिंसा भड्किँदा एक सुरक्षाकर्मीसहित दुईजनाको मृत्यु भएको हो ।
अनिश्चितकालिन दार्जिलिङ बन्द १६ दिनअघि खुलेको थियो । तर, शुक्रबार बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोरखा जनमुक्ति मोर्चा (गोजमुमो)का अध्यक्ष विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा प्रहरी सहायक निरीक्षक अभिताभ मल्लिक र परिचय नखुलेका अर्का एक जनाको ज्यान गएको हो ।झडपमा अन्य थुप्रै घाइते भएका छन् ।
तकभर क्षेत्रमा मोर्चाका कार्यकर्ताले हतियार र बम लुकाएको सूचना आएपछि छापा मार्दा झडप भएको भारतीय प्रहरीले दाबी गरेको छ ।

Related Posts: