राम रहीमको घिनलाग्दो क्रियाकलापको खुलासा, पढ्दा उठ्छ रिस

भिडियो सहित हेर्नुहोस !
Advertisement


डेरा सच्चा सौदाका प्रमुख बाबा राम रहीम कारगार गएपछि उनका काला कर्तूतहरूको दिनदिनै पर्दाफास भइरहेको छ ।


हालै एक साधुले उनका बारेमा आश्चर्यजनक खुलासा गरेका छन् । उनका अनुसार, यी बलात्कारी बाबाले आफ्नै तरिकाले दीपावली मनाउँथे ।

बाबाकी कथित छोरी हनीप्रीतले उनका लागि दीपावलीमा युवतीहरूको व्यवस्था गर्थिन् । दीपावलीमा राम रहीम गुफाबाट बाहिर निस्केपछि उनको स्वागतका लागि युवतीहरू हातमा घिउको दियो लिएर उभिन्थे ।

दीपावलीमा पटका पड्काएपछि पटकाको खोलमा पड्काउने मानिसको नाम लेखेर निशानी छोड्न लगाइन्थ्यो ।

साधुका अनुसार, दीपावलीमा आयोजित सत्संगमा बाबाले डेराका विद्यालय क्याम्पसमा पढ्ने युवतीहरूलाई अश्लील सन्देश पढ्न लगाउँथे अनि किस यू र आई लभ यू भन्दै आशीर्वाद दिन्थे ।

दीपावलीमा राम रहीम अनेक पाखण्ड गर्थे । आफ्नो तस्वीर छापिएको क्यालेन्डर जारी गरेर उनी किन्ने मानिसहरूसँग पैसा असुल्थे । त्यसबाहेक राति साधु र केटाहरूलाई अन्तै पठाएर राम रहीम साध्वी र युवतीहरूसँग रातभरि रमाइलो गर्थे ।

Related Posts: