तिहार, झिलिमिली चाड । र, मिठाइको चाड । माघे संक्रान्तिमा तरुल, तिजमा खीर, दशैंमा मासु भनेजस्तै तिहारमा खाइने परिकार हो, मिठाइ । त्यसमा पनि सेलरोटी ।
मिठाइ, मीठो र गुलियो परिकार । तर, सबैका लागि यो उपयोगी नहुन सक्छ । चिनीजन्य परिकार भएकाले यसले रगतमा ग्लुकोजको मात्रा बढाउाछ । र, मधुमेहको जोखिम पनि निम्त्याउाछ । मधुमेह रोगीका लागि त मिठाइ उपयोगी हुादै हु
मधुमेहका विरामीले अघिपछि खानपानमा विशेष ध्यान पुर्याउन आवश्यक छ । अझ, तिहारको समयमा विशेष ध्यान पुर्याउनु आवश्यक छ । तिहारमा मिठाइ, लड्डु, जेरी, लालमोहनलगायत परिकारका साथमा सेलरोटीको विशेष महत्व हुन्छ । पिठोको साथमा चिनीको सम्मिश्रणबाट बन्ने सेलरोटीले जो कसैको मन लोभ्याउाछ । मधुमेह रोगी अपवाद बन्न सक्दैनन् ।
यसो गरौं चाडवाडमा गुलियो खानेकुराको सेवन अन्य समयको तुलनामा बढी हुने गर्छ । मधुमेह रोगीले बिहान कम क्यालोरीयुक्त खानेकुरा सेवन गर्न सक्छन् । दिनभर कम गुलियो खानेकुरा सेवन गरेको अवस्थामा सााझ केही मात्रामा गुलियो खाादा शरीरलाई खासै बेफाइदा गर्दैन । मधुमेह भएकाहरुले अनिवार्य रुपमा तिहार अघि र पछि रक्त परिक्षण गराउन आवश्यक छ । यसले उनीहरुलाई मधुमेह नियन्त्रण गर्न सघाउ पुर्याउाछ । मधुमेह भएकाहरुका लागि गुलियो खानेकुरा पचाउन व्यायाम उत्तिकै जरुरी छ । यस्तै, तिहारमा आफूले खाने खानेकुराको क्यालोरीको मात्राबारे ध्यान दिएको अवस्थामा पनि मधुमेह बढ्नबाट रोक्न सकिन्छ । यस्तै, खान मिल्यो भन्दैमा अत्यधिक गुलियो पदार्थको सेवन पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । कुन खानामा कति क्यालोरी ? गुलाव जामुन क्यालोरी प्रतिगोटाः १५० केसीएएल व्यायामः निश्चित गतिमा करिब ३० मिनट शरीरलाई नचाउने रसवरी क्यालोरी प्रतिगोटाः १२५ केसीएएल व्यायामः १५ मिनट स्टेप एरोविक काजुकत्री क्यालोरी प्रतिगोटाः ५८ केसीएएल व्यायामः १६ किलोमिटर प्रतिघण्टाको दरले तीन मिनट कुद्ने वर्फी क्यालोरी प्रतिगोटाः १४२ केसीएएल व्यायामः करिब २५ मिनटको फटाफट हिाडाइ आाटा हलुवा क्यालोरी प्रतिगोटाः २६३ केसीएएल व्यायामः करिब ४५ मिनटको फटाफट हिाडाइ सुजी लड्डु क्यालोरी प्रतिगोटाः १३४ केसीएएल व्यायामः २० किलोमिटर प्रतिघण्टाका दरले करिब २० मिनट साइक्लिङ गर्ने
जेरी क्यालोरी प्रतिगोटाः २०० केसीएएल व्यायामः १६ किलोमिटर प्रतिघण्टाका दरले करिब ५ मिनट दौडने मोतीचुरको लड्डु क्यालोरी प्रतिगोटाः १५० केसीएएल व्यायामः ३० मिनट जगिङ
नरिवलको वर्फी क्यालोरी प्रतिगोटाः १९२ केसीएएल व्यायामः करिब ४० मिनटको व्याडमिन्टन मालपुवा क्यालोरी प्रतिगोटाः ३२५ केसीएएल व्यायामः एक घण्टाको गल्फ