भाइटीकामा दाजुभाइलाई दिदीबहिनीहरुले दिने ‘भाग’ को अभिन्न अंग हो, भाइमसला । यसमा काजु, किसमिस, ओखर, छोगडा, नरिवललगायत ‘ड्राइ फ्रुट्स’ हुन्छन् ।
ड्राइ फ्रुट्स सन्तुलित आहारको एक अंश हो । यसलाई सकेसम्म नियमित सेवन गर्नुपर्छ । तर, अक्सर हामी पाएपछि धेरै खाइदिन्छौं । भनिन्छ नि, धेरै खायो भने औषधी पनि विष हुन्छ । ड्राइ फ्रुट्सको अत्यधिक सेवनलेस्वास्थ्यमा हानी पुर्याउँछ । १) ड्राई फ्रुट्सलाई आफ्नो खानपिनको अंश बनाउनु अत्यन्त राम्रो हो । निश्चित परिमाणमा ड्राइ फ्रुटको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । तर, आवश्यकताभन्दा बढी सेवन गर्दा ग्यास्ट्रिक, कब्जियत, झाडापखाला र पेटसँग सम्बन्धित समस्या आउँछन् । २) शरीरको तौल सन्तुलनमा राख्न ड्राइ फ्रुट प्रभावकारी हुन्छन् तर अधिक सेवन गर्दा यसले अतिरिक्त क्यालोरी दिन्छ र वजन घट्नुको साटो बढेर जान्छ । ३) ड्राइ फ्रुटमाविभिन्न पोषक तत्वका साथै प्राकृतिक चिनी पनि पाइन्छ । तर, कुनै ड्राइ फुडमा फ्रक्टोजका रुपमा यस्तो चिनी अत्यधिक मात्रामा हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक नहुन सक्छन् । यो रगतको सुगर र मधुमेहका बिरामीका लागि हानिकारक हुन सक्छ । ४) चिनीको अधिकता भएका केही ड्राइ फुड यस्ता पनि छन्, जुन खाँदा मुख र दाँतमा टाँसिन्छ र ब्याक्टेरिया पैदा गर्छ । यसले दाँत बिग्रिन सक्छ । ५. यदि तपाईंको पाचनतन्त्र कमजोर छ भने ड्राइ फ्रुट चपाउन अधिक समय लाग्छ । यसका कारण पेट दुख्ने, उल्टी हुने जस्ता समस्या पैदा हुन सक्छन् । यसका अलावा सामान्य रुपमा ड्राइ फ्रुटको अत्यधिक प्रयोगले टाउको दुख्ने वा भारी हुने समस्या पनि उत्पन्न हुन सक्छ । तिहारका मसला : के खाँदा, कस्तो फाइदा ?
ड्राइ फ्रुट्स, तिहारमा चेलीले माइतीलाई दिने विशेष कोसेली । काजु, बदाम, नरिवल, किसमिस, ओखरजस्ता थरिथरका ड्राइ फ्रुट्स त्यसमा समेटिन्छन् । बजारमा अहिले त्यसको मिश्रण नै पाइन्छ, तिहारकै लागि । चेलीले स्नेहपूर्वक दिएको खानेकुरा हामी सहर्ष ग्रहण गर्छौं । यो मिठो हुन्छ र स्वास्थ्यवद्र्धक पनि । तर, कति खाने यसमा भने हेक्का राख्नैपर्छ काजु (एन्टि–एजिङ गुण) १) काजु भिटामिन ईको राम्रो स्रोत हो । यसमा ‘एन्टी–एजिङ’ तत्व हुन्छ । काजुको सेवनले छाला स्वस्थ राख्छ । २) केही व्यक्ति काजुको पेस्ट अनुहारमा प्रयोग गर्छन् । ३) काजुले शरीरमा कोलेस्टेरोल र रगतको सुगरलाई पनि नियन्त्रण गर्छ । तौल घटाउने, टाउको दुख्ने र उच्च रक्तचाप नियन्त्रणमा पनि सहयोग गर्छ । बदाम (प्रोटिन, फ्याटी एसिड र फाइबर) १) बदाममा भपूर मात्रामा प्रोटिन, शरीरका लागि जरुरी फ्याटी एसिड र फाइबर हुन्छ । गतमा हेमोग्लाबिनको मात्रा बढाउँछ । रक्तसञ्चारलाई नियन्त्रण गर्छ । ३) मोटोपना, कोलस्टेरोल, उच्च रक्तचाप, असामान्य रक्तचाप तथा सुगर नियन्त्रणमा सहयोग पु¥याउँछ ४) नियमित सेवनबाट महिलाहरुलाई स्तन क्यान्सरबाट टाढा राख्न पनि सहयोग गर्छ । पास्ता (भिटामिन ई) १) यसमा भिटामिन ई भरपूर हुन्छ । २) यसले छालाको क्यान्सर तथा रगतको सुगर पनि नियन्त्रणमा राख्छ । ३) पास्ता पाचनयन्त्रका लागि रामवाण हो । ४) तर, यसको सेवन ठिक्क मात्र गर्दा फाइदा मिल्छ । अत्यधिक सेवनले पेटमा गर्मी पैदा गर्न सक्छ । किसमिस (भिटामिन ए, पोटासियम, म्याग्नेसियम, आइरन) १) किसमिसमा हुने भिटामिन ए, पोटासियम, म्याग्नेसियम, फोस्फोरस र आइरनको भरपूर मात्राले एनिमियाबाट बचाउँछ ।
२) किसमिसले रक्तसञ्चार नियन्त्रणमा राख्न सहयोग गर्छ । ३) किसमिसको सेवनले आँखालाई ताजा राख्छ, दाँतको रोगबाट बच्ने तथा त्वचालाई उर्बर राख्न मद्दत मिल्छ । ओखर (ओमेगा–३ फ्याट्टी एसिड)
१) यो दिमागकै आकारको छ र विशेषज्ञहरुका अनुसार यसको सेवनले दिमाग तेज हुन्छ ।
वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालनपाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको छ ।फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन …Read More