भिडियो सहित हेर्नुहोस !
Advertisement
सामग्री
तातो दूध दुई ठूलो चम्चा
केसर अलिकति
दूध एक लिटर
चिनी १२० ग्राम
आरारोट एक ठूलो चम्चा
कागतीको रस एक ठूलो चम्चा
अलैंचीको धूलो अलिकति
पिस्ता सजाउनका लागि
बदाम सजाउनका लागि
विधि
एउटा भाँडोमा दुई चम्चा तातो दूध र अलिकति केसर हालेर मिसाउनुस् । त्यसलाई एकातिर राख्नुस् ।
एउटा कराहीमा एक लिटर दूध उमाल्नुस् ।
त्यसमा चिनी र केसर–दूधको मिश्रण हालेर मज्जाले घोल्नुस् र चार मिनेट मधुरो आगोमा पकाउनुस् । बीचबीचमा हल्लाउनुस् ।
एउटा कचौरामा एक चम्चा आरारोट र दुई चम्चा दूध हालेर मज्जाले मिसाउनुस् ।
अब यो मिश्रणलाई दूधमा हाल्नुस् र त्यसमा कागतीको रस हालेर मज्जाले मिसाउनुस् ।
पाँच मिनेटसम्म यसलाई मधुरो आगोमा पकाउनुस् ।
यो मिश्रणलाई एउटा भाँडोमा हालेर आधी घन्टा चिसो हुनका लागि छोडिदिनुस् ।
त्यसमा अलिकति अलैंचीको धूलो हालेर मज्जाले मिसाउनुस् ।
अब यो मिश्रणलाई हातमा लिएर पेडाको आकार दिनुस् ।
प्रत्येक पेडामा पिस्ता र बदामले सजाउनुस् ।