अर्घाखाँचीमा बस दुर्घटना, २ जनाको मृत्यु, ३० घाइते,१० जनाको अवस्था गम्भीर

भिडियो सहित हेर्नुहोस !
Advertisement


अर्घाखाँची, २० असोज | अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा आज बिहान बस दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ ।

अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी टंक खनालले बताउनुभयो । घाइतेहरुको उद्दार कार्य जारी रहेको र उनीहरुको उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।


मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी– २ सापडाँडामा सडकदेखि १०० मिटर तल खसेपछि दुर्घटना भएको हो ।

Related Posts: