निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि त्यस्को जिम्मा ‘गुन्डानाइके’ मनोज पुन मगर समूहले लिएको छ।
अपरान्ह मनोज पुन समूहका सदस्य बताउने एक जनाले काठमाडाैं प्रहरीका एक अधिकारीलाई फोन गरेर गौचनमाथि आफूहरुले गोली हानेको दाबी गरेका छन् ।
मनोज पुन समूहले गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको थियो। रुपन्देही देवदहका पुन सुरु सुरुमा भारतसँग सीमा जोडिएका जिल्लाहरुमा व्यापारीहरुसँग महिना उठाउथेँ।
पछिल्लो समय भारतका विभिन्न स्थानमा बसेर उनले नेपालमा आपराधिक क्रियाकलाप गराउने गरेको प्रहरीको निष्कर्षछ। व्यवसायी गौचनसँग ठूलो रकम माग गरिएको र नदिएपछि अज्ञात समूहले उनीमाथि गोली चलाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।