जनकपुर,२८ असोज |धनुषामा सुतेको बेला आमाको काखबाट चोरी भएको ७ महिने बच्चा १६ दिनपछि फेला परेको छ । बच्चा किन्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।धनुषाको कमलामाई नगरपालिका–३ पर्सा बस्ने महेन्द्र यादवका ७ महिने छोरा सुमन असोज १२ गते राति १२ बजेतिर हराएका थिए । दसैँको अष्टमिको रातमा ३ छोरी र दुधे बालकसंगै गर्मी छल्न घरको छतमा सुतेकी यादवकी श्रीमती सुनितादेवीको काखबाट बच्चा वेपत्ता भएको थियो । राति १२ बजे बच्चा लिएर सुतेकी सुनिता १ बजे ब्युँझिदा बच्चा गाएब भएको थियो । त्यस लगत्तै परिवारले स्थानीय ईलाका प्रहरी खजुरीलाई जानकारी गराएको थियो ।
परिवारजन र प्रहरीको व्यापक खोजीपछि वेपत्ता बच्चा १६ दिनपछि शनिबार सिरहाको लक्ष्मीपुरनगरपालिका–३ मा भेटिएको छ । स्थानीय धनेश्वर साहको घरबाट बच्चा भेटिएको हो । धनेश्वर अहिले वैदेशिक रोजगारमा बाहिर छन् । धनेश्वरकी श्रीमती लिला साहले बच्चा ६ लाख रुपैयाँमा किनेको बताएकी छन् । उनले बच्चा महेन्द्र यादवकै छिमेकी विरेन्द्र यादवले ६ लाखमा बेचेको बताएकी छन् । बच्चा किन्ने लिलाको ४ जना छोरी छन् । छोरा नभएको कारण आफूले छोरा किनेको उनले बताएकी छन् । बच्चा किन्ने लिलालाई प्रहरीले पक्राउ गरेको छ । बाकी भिडियोमा हेर्नुहोला