बच्चा कोरल्न सल्लाह आश्विन २८, २०७४-चराविद् हेमसागर बराल चरामा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । संरक्षण क्षेत्रमा ३ दशकदेखि क्रियाशील उनी चरा, वन्यजन्तु र जैविक विविधताका जानकार तथा विज्ञ मानिन्छन् । नेपालका चराहरू र नेपालका स्तनधारी वन्यजन्तुलगायतका विषयमा उनले दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल च्याप्टर प्रमुखका रूपमा कार्यरत उनका अनुसन्धान चाखलाग्दा पनि छन् । उनले देखेका चराका अनौठा आनीबा भ्याकुर र तोरीगाँडा प्रजातिका चरा सल्लाह गरेर बच्चा कोरल्छन् । बथानमा बस्ने यिनीहरू वयस्क भएपछि सल्लाहमा ओथारो बस्छन् । प्राय: वयस्कले आमा बाबु, काका काकीलाई बच्चा कोरल्न सहयोग गर्छन् । ४ जना पोथी तयार भएपछि ४ जना भाले पनि सम्भोग गर्न र बच्चा हुर्काउन तयार हुन्छन् । यिनीहरू १४ वटासम्मको बथानमा बस्छन् । करिब महिना दिन ओथारो बसेपछि बच्चा हुर्काउने यी चरा तराईदेखि हिमालसम्मै पाइन्छन् । दुवै प्रजातिका ७० बढी चरा यहाँ देखिन्छ । नेपालमा अहिलेसम्म पाइएका ८ सय ८६ प्रजातिमध्ये यी प्रजातिका चराको संख्या सबैभन्दा बढी छ । नेपालमा पाइने चरामा यिनीहरूको संख्या १० प्रतिशत छ । अरू चरामा बचेरा कोरल्दा यस्तो स्वभाव पाइँदैन । सामान्यतया चराहरूमा पोथी ओथारो बस्छ । चल्ला कोरल्छ । भाले आहारका लागि बाहिर जान्छ । तर, जलअप्सरा चरामा पोथी होइन, भाले चल्ला कोरल्न गँुडमा ओथारो बस्छ । फुल पार्नासाथ पोथी निस्कन्छन् । भाले ओथारो बसेपछि पोथी अर्को भाले खोज्दै हिँड्छ । अर्को भालेसँग पनि संसर्गपछि फुल पारे पछि पोथीले फेरि गँुड छाड्छ । भालेलाई ओथारो बस्ने बनाउँछ । वर्षमा एउटा पोथीले ३ वटासम्म बच्चा कोरेल्न भाले फेर्दै हिँड्छ । विशेषगरी डाँफे र मुनालले नाचेर पोथी आकर्षित गर्छन् । त्यस्तै चिलिमे र कालिजले पनि नाचेरै पोथीको मन जित्छन् । यी चरा नाच्ने बेला पोथी लुकेर हेर्छन् । जुन भाले राम्रोसँग नाच्छन्, त्यसैलाई पोथीले मन पराउँछन् । त्यसपछि बच्चा कोरल्छन् । डाँफे, मुनाल र चिलिमे ग्रीष्ममा ३ हजारदेखि ४ हजार ५ सय मिटर उचाइमा पाइन्छन् । हिउँदमा थोरै तलसम्म झर्छन् । कालिज भने समुद्र सतहदेखि ३ सय मिटरदेखि ३ हजार मिटर उचाइसम्म पाइन्छ ।
कसरी च्यातियो भरतपुरमा मतपत्र ? भरतपुर : भरतपुर महानगरपालिकाको मतगणना कार्य अनिश्चित कालका लागि स्थगित भएको छ । गएराति पौने १२ बजे वडा नं १९ को मतगणना चलिरहेका बेला राजनीतिक दलका प्र…Read More
कसरी च्यातियो भरतपुरमा मतपत्र ?सुर्खेत : घरबाट आरामसँग विद्यालय जान्छन् । विद्यालयसम्म पुग्दा पनि उनीहरू ठीकै हुन्छन् । तर जब पढ्न कक्षा कोठाभित्र पस्छन् तब उनीहरू बेहोस भएर ढल्छन् …Read More