काननानमा पाहुनालाई स्वागत गर्न जौबाट बनेको स्थानीय रक्सी खुवाइँदो रहेछ । डिनरमा पनि रक्सी नखाई नहुने ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र ३१, २०७४-चीनमा रक्सीलाई उच्च प्राथमिकतामा राखिन्छ । चिनियाँँ संस्कृतिअनुसार पाहुनाको स्वागतका लागि रक्सी नभई हुँदैन । नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध चिनियाँ लेखक मो यानले उपन्यास नै लेखेका छन् ‘रिपब्लिक अफ वाइन’ अर्थात् रक्सीको गणतन्त्र । यो उपन्यासबाट थाहा पाइन्छ चीनमा रक्सीको महत्त्व र महिमा ।
हुन त चीनमा पानीभन्दा बियर सस्तो मानिन्छ । सुपरमार्केटहरूमा पानी र क्यान बियरको मूल्य उस्तै–उस्तै पर्छ । कुनै–कुनै रेस्टुराँमा एकमुष्ठ पैसा तिरेर पसेपछि बियर जति पनि खान पाइन्छ तर पानीचाहिँ किन्नुपर्छ ।

Related Posts: