प्रदेश २ को टिकट वितरण एकपक्षीय भयोः केसी.

भिडियो सहित हेर्नुहोस !
Advertisement


३० भदौ, विराटनगर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा समानता नहुँदा अपेक्षित सफलता आउनेमा शंका व्यक्त गरेका छन् ।

प्रेस युनियन बिराटनगरले शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेता केसीले दुई नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई टिकट वितरण एकपक्षीय रुपमा भएको आरोप लगाए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको स्थानीय तहको उम्मेदवार छनौटप्रति अुसन्तुष्टि जनाउँदै नेता केसीले भने, ‘कांग्रेस र कांग्रेस प्रजातान्त्रिक पार्टी एक भएपनि स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा विभेद गरिएको देखिएको छ ।’

नेता केसीले थपे, ‘चुनावका उम्मेदवारहरु राम्रा र सक्षम भन्दा पनि हाम्रा मान्छेलाई उठाइएको छ, जसले २ नम्बर प्रदेशमा कांग्रेसले अपेक्षित जित हासिल गर्न मुस्किल छ ।

उनले ंचुनावको मुखमा पार्टीका शीर्ष नेताहरु नै निर्वाचन प्रणाली परिवर्तनको कुरा झिकेर संविधान कार्यान्वयमा संकट निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

चुनावको मुखमा धर्मको कुुरा, निर्वाचन प्रणाली परिवर्तन लगायतका कुरा गर्दा संविधानको मौलिकता नै छिन्नभिन्न हुने तर्क नेता केसीको थियो ।

दुई दिनअघि मात्रै नेकपा माओवादी केन्द्रंका अध्यक्ष पुष्पकमल दाहालले बिराटनगर पुगेर अहिलेको चुनावी प्रकृया महंगो बनेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका थिए ।

नेता कसीले भने, ‘चुनावी प्रकृया महँग्ाो भयो भने वा रुप परिर्वतन गर्नु पर्छ भने चुनावको मुखमा अहिले भन्ने समय यो उचित छैन, यस्ता कुरा उठाउनले संविधान कार्यान्वयलाई नै चुनैती दिने हो भन्ने मरो वुझाई छ’

Related Posts: