नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुकुममा असली लोकतन्त्र आएको टिप्पणी गरेका छन् ।
पूर्वी रुकुमको रुकुमकोटमा शनिबार आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले रुकुमेली जननताले सिङ्गो नेपाललाई उत्साहित वनाएको बताए । उनले भने, विपक्षीहरुले रुकुममा लोकतन्त्र नआएको भन्छन् । तर, म भन्छु रुकुममा असली लोकतन्त्र आएको छ ।’
रुकुमका सबै स्थानीय तह माओवादी केन्द्रले जितेको छ । चुनावी परीणाम सार्वजनिक भएपछि एमाले अध्यक्ष ओलीले रुकुममा अझै लोकतन्त्र आएको रहेनछ भनेर टिप्पणी गरेका छन् ।