३१ भदौ– १९ वर्ष मुनिको एसीसी इस्टर्न रिजन क्रिकेट एसिया कप छनौट प्रतियोगितामा मलेसियासँगको सेमिफाइनल खेलमा नेपाल १० विकेटले विजयी भएको छ ।
मलेसियाले दिएको १२२ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको नेपालले एउटा पनि विकेट नगुमाइ २३.१ ओभरमा लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि ओपनरद्वय सन्दिप र आसिफले १ सय २५ रनको साझेदारी गरे । सन्दिपले ७७ बलमा ५१ रन बनाए । उनले ८ चौका प्रहार गरे । यस्तै आसिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए ।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा समेटेको थियो ।मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपाली टोलीका कप्तान दिपेन्द्रसिंह ऐरीले ५ विकेट लिए । पवन सर्राफले २ तथा रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक एक विकेट लिए ।
यो खेलसँगै नेपाल प्रतियोगिताको उपाधिका लागि अब सिंगापुर र हङकङबीचको बीजेतासँग खेल्ने छ ।-
जिग्री र पाँडेको पहलमा २ सय घरमा उज्यालोकाठमाडौं, १६ जेठ । भद्रगोलका चर्चित पात्र जिग्री (कुमार कट्टेल) र पाँडे (अर्जुन घिमिरे)को पहलमा सप्तरीका २ सय परिवारले बिजुली बाल्न पाउने भएका छन् ।जि…Read More