भाद्र ३०, २०७४-रोजगारीको सिलसिलामा प्रदेश २ का विभिन्न जिल्लाबाट यहाँ आएका स्थानीय धमाधम घर फर्कन थालेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा सहभागिता जनाउन घर फर्किनेको स्थानीय बसपार्कमा लर्को छ । दुई दशकपछि हुन लागेको निर्वाचनमा सबैको उत्तिकै चासो र चिन्ता छ । ठूलो उमंग र उत्साहका साथ उनीहरू गाउँ फर्किन लागेका हुन् ।
मुहारमा खुसी छ । बारा पत्रौता नगरपालिकाका मञ्जयकुमार यादव मजदुरी गर्न चितवन आएको ७ महिना भयो । जिप्सन बोर्ड र पेन्टिङको काम गर्ने उनी पहिलोपटक स्थानीय तह निर्वाचनमा सहभागी हँुदै छन् । कहिले घर पुगेर भोट हालौंजस्तो भएको उनले बताए । ‘मतदाता परिचयपत्र बनाइसकेपछि भोट हालेर राम्रो मान्छेलाई जिताउनैपर्यो,’ बिहीबार साँझ रात्रिबस चढेर हिँडेका उनले भने, ‘पार्टी हेरिन्न, गाउँको विकास गर्नेलाई भोट हालिन्छ ।’ उनले यसअघि चुनाव जितेर गएका नेताले आफ्नो परिवार र गाउँको विकास गरे पनि समग्र क्षेत्रलाई उपेक्षा गरेको गुनासो गरे ।
‘राम्रोलाई जिताउनुपर्छ,’ उनले भने, ‘नगरपालिकाको विकास गर्लान् भन्ने आस छ ।’ उनले दैनिक ज्यालादारीमा काम गर्ने भएकाले भोट हालेर फर्किहाल्ने बताए । मजदुरी गर्दा उताभन्दा यता राम्रो ज्याला पाइन्छ । ‘घरबाट भोट हाल्ने ३ जना छौं,’ उनले भने, ‘सल्लाह गरेर मात्र भोट दिन्छौं ।’ उनी बेलाबेला हुने मधेस आन्दोलनले रोजिरोटी गुम्ने गरेको र नेताको स्वार्थ पूरा गर्न मात्र आन्दोलन हुने गरेको गुनासो गर्छन् । अरू १८ जना साथीसँग सगोलमा बस्दै आएका छन् । तीमध्ये ८ जनाको मात्र मतदाता परिचयपत्र छ ।
बारा, रौतहट, सर्लाही र पर्साबाट बर्सेनि कामको सिलसिलामा यहाँ आउनेको संख्या बढदो छ । कोही धान रोप्न, गोड्न, कोही तरकारी खेती गर्न त कोही घर र फर्निचरको काम गर्न आउँछन् । ९ वर्षदेखि कामको सिलसिलामा आएका बारा पत्रौता नगरपालिकाका २७ वर्षीय मनोज यादव दोस्रोपटक भोट हाल्ने तयारीमा छन् । उनले पहिलोपटक संविधानसभाको चुनावमा भोट हालेका थिए । ‘अब स्थानीय तहको चुनावमा भोट हाल्छु,’ उनले भने, ‘मधेस र पहाडलाई टुक्रयाउने नारा बोक्नेलाई भन्दा मधेसपहाड जोड्ने नारा बोक्नेलाई भोट हाल्ने सोच छ ।’ उनको घरमा ११ जना मतदाता छन् । ‘हामी पार्टी देखेर वाक्क भइसकेका छौं,’ उनले भने, ‘अब झूटा आश्वासन सुन्नु छैन, जसले गाउँको विकासमा प्रतिबद्धता जनाउँछ, उसैलाई घरको एकमुष्ट भोट हालिन्छ ।’ उनीमात्र होइन । अहिले भोट हाल्न घर जानेको ताँती छ । यात्रुबसमा उस्तै भीड छ । युवादेखि पाका उमेरकाहरू धमाधम गाउँ फर्किरहेका छन् । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका प्रशासकीय अधिकृत गृहिनारायण महतो पनि शुक्रबार घर जाने तयारीमा छन् । सर्लाहीको बागमती नगरपालिका ८ का बासिन्दा उनी लामो समयपछि हुन लागेको चुनावमा भाग लिन पाउँदा दंग छन् । ‘जागिर यता छ, घर उता छ,’ उनले भने, ‘उत्सवका रूपमा आएको चुनावमा आफ्नो मतको सदुपयोग गर्न घर जाँदै छु ।’
दोस्रो चरणको निर्वाचन हुँदा गुल्मीमा बसेर चुनावको अनुभव गरेका प्रदेश २ का बासिन्दा कति बेला घर पुगौं र निर्वाचन अभियानमा लागौं भनेर आतुर छन् । रौतहटको चन्द्रपुर नगरपालिका ९ का शीतल यादव सात महिनादेखि तम्घासमा छन् । भवन निर्माणको काम गर्ने उनलाई भोट हाल्न कति बेला घर पुगौंपुगौं भइरहेको छ । ‘शरीर मात्र यहाँ छ, मन त घरतिरै छ,’ उनले भने, ‘शुक्रबार घर जाने गरी टिकट लिएको छु, घर गएर आफ्नालाई भोट दिने हो ।’ आफूसँगै अरू चार जना पनि भोट दिनकै लागि घर फर्कन लागेको उनले बताए ।
यहाँ निजामती कर्मचारी, खुद्रा व्यापार, सैलुन व्यवसाय र निर्माण मजदुरीमा संलग्न करिब तीन सय जना छन् । चन्द्रकोट कन्स्ट्रक्सनका निर्माण व्यवसायी वीरबहादुर थापाले मधेसी समुदायका मजदुर चुनावका लागि घर जाँदा निर्माण कार्य ठप्प भएको बताए । उनले चन्द्रकोट क्याम्पसको भवन निर्माण गरिरहेका छन् । झन्डै २५ मजदुरमध्ये एक दर्जन मधेसी छन् । ‘एउटा समूह तीन दिनअघि गयो,’ उनले भने, ‘अर्को ८ जनाको समूह शनिबार जाँदैछ ।’ कामदार अक्कल अन्सारीले वीरगन्ज उपमहानगरपालिकामा आफ्ना सबै साथी चुनाव प्रचारमा लागेकाले पुग्न निकै हतारो भएको बताए । २३ वर्षे अन्सारीले आफूले पहिलोपटक भोट हाल्न थालेकाले पनि गाउँ पुग्न निकै हतार भइरहेको सुनाए । ‘११ नम्बर वडामा मेरै चाचा उठेका छन्,’ उनले भने, ‘सबै साथीले छिटो आइज भनेका छन्, अब पर्सि जान्छौं ।’
नेपाल–भारत सीमा नाका बन्द हुनेदोस्रो चरणअन्तर्गत यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाका लागि बन्द हुने भएको …Read More
बिदेशी को पिडा सबैले एक चोटी पढ़नै पर्ने ।एक तोला होइन दश तोला सुन किन्नु बुढी ।पाँच लाखको होइन पचास लाखको घर किन्नु दाजु ।बिदेशमा छु म ।मैले केही खानु लाउनु पर्दैन ।जति पनि पैसाको माग गरे हुन…Read More