फेरि घट्यो सुनको भाउ

भिडियो सहित हेर्नुहोस !
Advertisement


सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने बिहीबार घटबढ भएको छैन ।

चाँदी बिहीबार पनि तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

Related Posts: