तपाईको आजको राशिफल : २०७४ साल भाद्र २९ गते विहिबार
मेषः– साहस,धैर्यता र पराक्रम बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ,धन कमाउने अवसर आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्त थोरै सकरात्मक हुनेछन् ।
वृषः– मन दिए पनि धन नदिनु होला डुब्न सक्छ । मिलेर गरेका काम विवाद रहित रहने छैनन । काममा लगनशिलता बढाउनु होला । प्रयत्न नगरि काम बन्ने छैनन । स्वतन्त्र कामबाट लाभ हुनेछ ।
मिथुनः–शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । भोजभतेरमा सहभागि हुने अवसर आउन सक्छ । खर्चमा नियन्त्रण आउनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।
कर्कटः– दिन प्रतिकुल छ । काम काजमा अवरोध आउन सक्छ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । काम गरेर जश पाईने छैन । व्यापारमा घाटा हुनसक्छ । जोखिम मोलेर काम नगर्नु
सिंहः–आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।
कन्याः– उद्योग पराक्रम बढ्नेछ । आज कार्य प्रगति राम्रो रहनेछ । व्यक्तित्व प्रभावका कारण काम हुनेछन् । पुराना काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायमा विस्तारै प्रगति हुनेछ ।
तुलाः–असहज स्थितिको महशुस हुनेछ तर समय सुधारोन्मुख देखिन्छ । मनमा फैलिएको अराजकता कम हुनेछ । घरमा बस्न मन लाग्ने छैन । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्ने छन् ।
वृश्चिकः– अस्वास्थता बढ्न सक्छ । दैनिक काम काजमा अवरोध आउने देखिन्छ । लेनदेन कारोवारमा झन्झट थपिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । सुख शान्तिमा कमि आउनेछ ।
धनुः–दैनिक कामम प्रगति हुनेछ । नयाँ कामको अवसर आउन सक्छ प्रयत्न गरेको खण्डमा । आयत निर्यात व्यापार व्यवसायबाट मुनाफा बढ्नेछ । जीवन साथिबाट सामान्य सहयोग मिल्नेछ ।
मकरः– आफन्तमा वैरभाव उत्पन्न हुनेछ । कार्य सम्पादन गर्न कठिनाई हुनेछ । काम गर्दा रिस,डाहा गर्ने धेरै हुनेछन् । श्रमको मुल्य उठाउन गाह्रो हुनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ ।
कुम्भः–काम गर्दा विभिन्न खालका समस्या झेल्नु पर्ने छ । अन्योलमा पर्नु भयो भने अवसर फुत्किन सक्छ । अरुबाट सहयोगको आशा धेरै नगर्नु होला । साझेदारी काममा विवाद बढ्नेछ ।
मीनः– घरका समस्या बढ्न सक्छन् । शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । धन सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । खर्चको मात्रा बढ्नेछ । विरोधी सल्वलाउने छन् ।