नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान बिराटनगर विमानस्थलमा ओर्लिए । पत्रकारसँग संक्षिप्त प्रश्नोत्तर भयो । सञ्चारकर्मीले प्रश्न गरे- आयल निगमको भ्रष्टाचारबारे प्रतिपक्षी दल एमालेले किन मौनता सााधेको ?
पत्रकारको प्रश्नमा ओलीले तत्कालै जवाफ दिए । तर, आयल निगम अनि गोपाल खड्काका विषयमा केही बोलेनन् । बरु पत्रकारलाई नै भ्रष्टाचारबारे बोल्न ओलीले चुनौती दिए ।
ओलीले भने, ‘नेकपा एमालेले मौनता साँधेको भन्नुभयो, एमाले कुनै पनि कुरामा मोलाहिजा गर्दैन, मौनता साँध्दैन । भ्रष्टाचार भएको छ भने त्यसको मतियार पनि हुँदैन, हुने कुराप्रति सहनशीलता पनि राख्दैन । भन्ने, सुन्ने सहनशीलता, पाएसम्म झ्वाम पार्ने ! यसमा संलग्नता कसको छ ?’
एमाले अध्यक्ष ओलीले पत्रकारलाई प्रश्न गरे- तपाईहरुलाई थाहा छ ? कहिले कहिले केकेमा कति कति भ्रष्टाचार भएको छ ? अलिकति बोल्नोस् न कमसेकम ।’
आयल निगमको बारेमा प्रश्न सोधेका पत्रकारलाई ओलीको जवाफ थियो- ‘एउटा एउटा ईस्युको मात्रै कुरा गर्नुहुन्छ, एउटा ईस्यु होइन, हजार ईस्यु छन् । यो सरकार नै भ्रष्टाचारी सरकार हो ।’
उनले थपे- ‘यो सरकारले एकठाउँमा मात्रै होइन नि, ठ्याक्कै चुनावको अगाडि लाइसेन्स दिएर चुनाव खर्च उठाएको त्यो त थाहा होला । त्यतिबेला मिलेन भनेपछि पहिलो हप्ता दिन्छौं भनेर ३१ गते चुनाव छ, दुई/तीन गतेभित्र लाइसेन्स दिएको पनि थाहा होला । हामी पनि सञ्चार माध्यमबाटै थाहा पाइराखेका छौं ।’
एमाले अध्यक्ष ओलीले वर्तमान सरकार कानुनको भन्दा बलको मार्गमा हिँड्न उद्दत्त रहेको आरोप लगाए । उनले राज्यको अंग र निकायहरुलाई आफ्नो अनुकुलतामा सरकारले हिाडाइरहेको बताए ।
अहिलेको सरकारले भ्रष्टाचार गर्ने कुरामा मात्र रेकर्ड नबनाएर जम्बो मन्त्रिमण्डल निर्माण गर्ने रेकर्ड बनाएको बताए । पाएको खण्डमा आफ्ना सबै सांसदलाई मन्त्री बनाउन सरकार तयार रहेको भन्दै ओलीले देउवा सरकारप्रति व्यंग्य गरे ।
सुनसरीको दुहबीमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली पूर्व आएका हुन् ।
रहेनन् फिफा काण्डका मुख्य सूचक २९, २०७४- भ्रष्टाचारको आरोप स्वीकार गरेका फिफाका पूर्व कार्यकारिणी सदस्य चक ब्लेजरको निधन भएको छ । बुधबार उनका वकिलहरूले निधनको जानकारी दिए पनि अन्य व…Read More
यात्रुवाहक बस आपसमा ठोक्किदा २० जनाबर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वार्ड नम्बर ३ स्थित भोलागौडी पेट्रोल पम्प नजिक विपरित दिशाबाट आइरहेको दुई बस दिउँसो आपसमा ठोक्किदा २० जना घाइत…Read More
रोडिजको पर्दा पछाडिको कहानी !Adhikary with his crewThey say Nepali tv industry has already entered into a declining phase. Creative juices are not flowing, not just in the context…Read More