भिडियो सहित हेर्नुहोस !
Advertisement
२५ वर्ष । भन्ने नै हो भने परिपक्व उमेर होइन । तर, अवसरले जोकोहीलाई परिपक्व बनाउँछ । त्यही अवसरले मनीषा ढकाललाई परिपक्व बनाएको हो । ढकालले डेढ वर्षदेखि काठमाडौं मध्येबानेश्वरमा रहेको भेनस अस्पतालको जीएमको भूमिका निर्वाह गर्दै आएकी छन् ।
जीएमको सहायक भएर अस्पताल प्रवेश गरेकी उनी हिजोआज जीएमको कुर्सीमा विराजमान छिन् । जीएमले राजीनामा दिएपछि उनले त्यो भूमिका पाएकी थिइन् । भेनस पुगेका जोकोहीलाई पहिलोपटक देख्दा उनी जीएम हुन् भनेर पत्याउन गाह्रो पर्छ । भन्छिन्, ‘कतिपय सेवाग्राही त मलाई देखेर सक हुन्छन् ।’
पब्लिक हेल्थमा स्नातक उनलाई सुरुसुरुमा ‘कन्फिडेन्ट’ थिएन । धेरै कुरा बुझ्दिनथिन् । ‘मेडिकल नलेज’ अहिले पनि त्यति धेरै थाहा छैन । तर, उनी प्रशासनिक कामबारे जानकार छिन् । पढेको विषय व्यवहारमा उतार्दै छिन् । तसर्थ, काम गर्न सजिलो भएको हो ।
जीएम भएपछि ‘कन्फिडेन्ट लेभल’ बढेको छ । एकताका युएनको गाडीमा गुड्ने सपना देखेकी उनले यो उमेरमा जीएमको भूमिका निर्वाह गर्न पाउँदा ‘प्राउड फिल’ गरेकी छन् । जीएम ढकालले प्रस्ट्याइन्, ‘एज होइन, काम हेर्ने हो ।’
अस्पताल भनेको मानिसको जीवनसँग खेलिरहने ठाउँ हो । खेल कहिले सफल हुन्छ । कहिले असफल । त्यतिबेला बिरामीका आफन्त ‘एग्रेसिभ’ हुनु अस्वाभाविक होइन । त्यस्तो अवस्थामा समस्या समाधान कसरी गर्ने ? ‘समस्या समाधान गर्नुमात्रै ठूलो कुरा होइन । समस्या नबढाउनु पनि त समाधान हो नि,’ ड्याडीले सुझाएको उपाय सुनाउँदै उनले भनिन्, ‘कुनै पनि समस्या समाधान गर्न सक्दिनौ भने धैर्य गरेर सुन । निर्णय गर्ने बेला विवेक लगाऊ ।’ हो, उनी त्यसै गर्छिन् । ‘अन्डर स्टिमेट’ गर्नेसँग ‘ट्याकल’ कसरी गर्नुपर्छ भन्ने उनलाई थाहा छ ।
उपचारका लागि अस्पताल पुग्नु जोकोहीको एउटै उद्देश्य हो । तर, सबैको उद्देश्य पूरा हुँदैन । ‘अघिल्लो दिन इङ्गेजमेन्ट भएको एक बिरामी पेटमा सामान्य गडबडी भएपछि भनेस भर्ना भए,’ जीएम मनीषा ढकाल अतीत सम्झँदै एकाएक भावुक भइन्, ‘सोचमग्न भएँ । उनको फ्ययुर वाइफले के सोचिहोलिन् । घर फर्केपछि बेस्सरी रोएँ । त्यतिबेला भेनस नजाने भने पनि पछि सामान्य अवस्थामा फर्कें ।’
‘मैले तिमीलाई स्पेस दिने हो,’ ड्याडीले सुझाएको गुरुमन्त्र सम्झँदै उनले सुनाइन्, ‘बाँकी आफैं गर ।’ ड्याडीले सुझाएको सुझाव गुरुमन्त्र ठान्दै उनी अघि बढ्दै छिन् । सफल मानिस बन्ने प्रयत्नरत छिन् ।