१ कात्तिक– बालाजुस्थित गुराँस पार्टी प्यालेसमा बुधवार दिउँसो छुट्टै रौनक थियो । औपचारिक रुपमा लक्ष्मी पूजाको दिन (बिहीवार)देखि शुरु हुने भए पनि गुराँस पार्टी प्यालेसमा भने बुधवार नै देउसी–भैलो खेल्ने भन्दै ५० जना जम्मा भइसकेका थिए ।
गोरखा सांस्कृतिक समाजले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा गोरखाका दुई नेता पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी हुने कार्यक्रम थियो ।
सबैको प्रतिक्षाका बीच केही छिनमै डा. भट्टराई कार्यक्रमस्थलमा पुगे । सबैले ताली बजाएर उनको स्वागत गरे । उनी आएपछि देउसी–भैलोको कार्यक्रम औपचारिक रुपमा शुरु भयो । सामान्य मन्तव्य पछि भट्टराई पनि देउसी–भैलो खेल्नेसँग ‘रमाउन’ थाले ।
भट्टराईले देउसी खेल्न मात्रै थालेका थिए, कार्यक्रममा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुगिहाले । कार्यक्रमका प्रमुख आकर्षक मध्येका एक श्रेष्ठ आउँदा सहभागीको मुख हँसिलो नहुने कुरै भएन । तर नारायणकाजीकै पूर्वसहयात्री डा. भट्टराईले भने अँध्यारो मुख बनाए ।
कार्यक्रम स्थलमा नारायणकाजीको ‘इन्ट्री’ हुनासाथ भट्टराई त्यहाँबाट हिँडिहाले । एकअर्कालाई देखेर पनि दुई नेताले कुनै औपचारिक अभिवादन गरेनन् ।
माओवादीका पूर्व उपाध्यक्षद्वय भट्टराई र श्रेष्ठ एउटै जिल्लाका भए पनि उनीहरुबीच विगत देखि नै राजनीतिक तिक्तता कायम छ ।
दुवै नेता गोरखा क्षेत्रनम्बर २ बाट चुनाव लड्ने तयारीमा छन् । श्रेष्ठले गोरखा छाड्न नमानेका कारण नयाँ शक्तिका संयोजक समेत रहेका डा बाबुराम भट्टराई वामपन्थी चुनावी गठबन्धनबाट बाहिरिएका छन् ।
‘धर्ती पल्टिए पनि गोरखा नछाड्ने’ बाबुरामको अडान र गोरखा बाबुरामको बिर्ता नभएको भन्दै गोरखाबाटै चुनाव लड्ने नारायणकाजीको अडानका कारण गोरखाको चुनाव पेचिलो बन्दै गएको छ ।
रमाइलो गर्ने भनेर गोरखा सांस्कृतिक समाजले आयोजना गरेको देउसी–भैलो पनि दुई नेताकै कारण खल्लो बन्न पुगेको सहभागीको प्रतिक्रिया थियो । बाबुराम शुरुमै हिँडेपछि दुवै नेतालाई एउटै मञ्चमा राख्ने आयोजकको इच्छा भने पूरा हुन सकेन ।
दुर्घटनामा चालक सहित ३ जनाको मृत्यु हुग्दीखोला (धादिङ): पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै म…Read More
अनिता लामा सधैं पहिलोबौद्धस्थित जेनेसिस एकेडेमीबाट गत साल ए प्लस (जीपीए ३.६५) ल्याएर एसएलसी पास गरेकी अनिता लामा जीवनमा कहिल्यै दोस्रो भएकी छैनन् । स्कुलमा सधैं प्रथम स्था…Read More