यस्ता छन् सोनाक्षी सिन्हाका बारेमा थाहा नभएका रोचक कुरा

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी, साउन २
बलिउडमा स्थापित भैसकेकी नायिका सोनाक्षी सिन्हा अहिले भारतकी एक चर्चित नायिका भएकी छिन । पिता सत्रुघन सिन्हाकी छोरी सोनाक्षीले २०१० मा दबंग चलचित्रबाट आफ्नो करियर सुरु गरेकी थिन् । आज हामी उनको बारेमा केहि रोचक तथा थाहा नभएका कुराहरु जान्ने प्रयास गर्नेछौ।

१. सोनाक्षी सिन्हाले आफ्नो करियर मोडलका रूपमा सुरू गरेकी हुन् । उनी २००८ र २००९ मा लेक मी फेशन सप्ताहमा सक्रिय भूमिका निभाएकि थिइन् । २००५म उनले मेरा दिल लेके देखो नामक चलचित्रमा कस्टुम निर्माण गरेकी थिन् ।

२. सिेनाक्षी यति मोटी थिइन् कि उनले दबंग फिल्ममा काम गर्नका लागि आफ्नो तौल ३० किलो घटाएकी थिइन् ।

३. उनको त्यो मोटो शरिरलाई स्लिम बनाउनलाई सलमान खानले गाइड गरेका थिए । पछि उनी बलिउडमा स्थापित भइन् ।

४.सोनाक्षीले आफ्नो पहिलो सुपरहिट फिल्म दबंगबाट आएको मोटो रकम सलमान खानको बिंग ह्युमन नामक एनजिओ लाई दिएकी थिइन् ।

५.उनी चित्र बनाउन, स्केच बनाउन र पेन्टीङ गर्न निकै शौखिन र सिपालु पनि छिन् । अझ रोचक त लुटेरा फिल्ममा उनको एउटा पेन्टीङ नै प्रस्तुत गरिएको थियो ।

६. सोनाक्षी प्रेम सम्बन्धी फिल्म अत्याधिक मन पराउँछिन् र त्यस्ता फिल्म नछुटाइ हेर्छिन् । उनका सबैभन्दा मनपर्ने फिल्म भनेका दिलवाले दुलहानिया ले जाएंगे, कुङ फु पाण्डा, एबाउट अ ब्वाए, लभ एक्चुअली, पिरमल फेरा जस्ता चलचित्र हुन् ।

७. यहाँ विभिन्न अफवाह फैलिएका छन् कि उनी बुन्टी साचदेभासँग डेटिङ गएकी छन्, जो एउटा सेलिब्रेटी र खेल म्यानेजर हुन् । साथै उनको सम्बन्ध सहिद कपुर र अर्जुन कपुरसँग पनि छ ।

८. उनका मनपर्ने किताबहरूमा डेबिड रोबर्टले लेखेको शान्तराम र डेन बो्रनले लेखेको द दा भिन्ची कोड हुन् ।

Related Posts: