कार्तिक १, २०७४-चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ औं पटक अनसनरत डा. गोविन्द केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच केहीबेर अघि टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीले टेलिफोन मार्फत डा. केसीको माग सम्बोधन गर्ने आश्वासन दिएपछि डा. केसीले आजै अनसन तोड्ने सम्भावना छ ।
-माथेमा आयोगको प्रतिवेदनको भावना अनुसार चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने माग राख्नै अनसनरत केसीले संसदको म्यान समाप्त भएपछि डा. केसीले अध्यादेशमार्फत विधेयक पास गर्न माग गरेका छन् । आज मन्त्रिपरिषद्को बैठक चलिरहँदा प्रधानमन्त्रीले डा. केसीसँग टेलिफोन वार्ता गरेका थिए । डा. केसीले १३ औं अनसन थालेको आज १४ दिन पुगेको छ ।
रोल्पाको थवाङ गाउँपालिका प्रमुखको अपहरण३० भदौ, रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन । उनी बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन छन ।थवाङ–२ कोइचाव…Read More