संसदको कार्यकाल सकिने अन्तिम दिन शनिबार संसद बैठकमा सम्बोधन गर्दै ओलीले मन्त्रीमण्डल विस्तार गरेको सन्दर्भमा प्रश्न उठाएका छन् । ओली संसदमा प्रमुख विपक्षी दलका नेता हुन् । ‘चुनाव गराउन प्रधानमन्त्री, अर्थ, गृहमन्त्री भए पुग्छ, धेरैभन्दा प्रधानमन्त्री तात्तिनुहोला, ७० भन्दा ६ कम पुगेको छ मन्त्रीको संख्या,’ चुनावका लागि अहिले मन्त्री थप्नुपर्ने बाध्यता नरहेको उल्लेख गर्दै उनले भने, ‘यस्तो बेलामा खानमात्रै थपेको के भन्नु, अर्थोक के गर्न जाँदै हुनुहुन्छ । तपाईंलाई थप मन्त्री किन चाहियो ? कुस्ती खेल्न त होइन होला ।’
ओलीले नेपाली जनताले कर तिरेको पैसा र संसदीय अभ्यासमा लाजमर्दो रहेको उनको भनाइ छ । नवनियुक्त मन्त्रीहरुप्रति पनि ओलीको कटाक्ष थियो, ‘केही मन्त्री हुँदै हुनुहुन्छ भन्ने सुनें, पछि जितिन्छ, जितिदैंन, समानुपातिकमा परिन्छ परिदैन भन्ने होला । बधाई दिन मत थियो, तर गैरसंवैधानिक काममा कसरी बधाई दिनु ?’
प्रधानमन्त्रीले निर्वाचन आयोगमा आचारसंहिता पालना गर्छु भन्ने हस्ताक्षर गरेको केही समयमै सरकार विस्तार गरेको उनको भनाइ छ । ‘के हो लोकतन्त्र, आचारसंहिताका सम्बन्धमा आयोगको भनाइ र तपाईंको काम के हो ? सर्वदलीय बैठकमा प्रधानमन्त्री हुनुहुन्थ्यो, हामी सबैले आचारसंहिता पालना गरिन्छ भन्यौं, हामी तल हस्ताक्षर गर्दै थियौं, कुदेर ८ जना मन्त्री नियुक्त गर्नुभएछ ।’
ओलीले सरकार विस्तारकोविरुद्ध आफ्नो पार्टी रहेको जनाउ राष्ट्रपतिसमक्ष दिइसकेको जानकारी दिए । उनले थपे, ‘सरकारलाई भन्न चाहन्छु, लिस्ट गइहालेछ, ध्यान पुगेन होला, मलाई लाग्छ तपाईं राम्रै गरौं भन्दा भन्दै पनि चिप्लिएछ, यो असंवैधानिक छ, गलत छ, फिर्ता लिनुस्, यतिबेला ५६ जना मन्त्रीले पुगेन ? मन्त्रीकै जुलुस गर्नुहुन्छ कि के हो ?’
सरकार अल्पमतमा पर्ने भो भनेर सरकार विस्तार गरेको भन्ने समाचार सार्वजनिक भएकोप्रति ओलीको भनाइ थियो, ‘भरे संसदको म्याद सकिन्छ तपाईंकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन्छ र ? यो त कामचलाउ सरकार हो । बुझ्न सकिन्छ, माओवादी मन्त्रीलाई बिनाविभागीय बनाउने, हटाउने गर्दै हुनुहुन्छ । किन किस्ता किस्ता गर्नुहुन्छ ?’
माओवादी केन्द्रले सरकारलाई समर्थन गर्ने बताउँदा बताउँदै वाम दल मिल्दा कांग्रेसमा भूइँचालो गएको बताए । ‘दुई दल मिल्दा भूइँचालो किन ? इपिसेन्टर पनि कता हो थाहा छैन, कांग्रेसकोतिर हो कि अन्तै,’ उनले भने ।
पुक्क पेट घटाउने १० घरेलु उपायपुक्क पेट घटाउने १० घरेलु उपाय१. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसल…Read More