स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ संशोधन गर्ने बाटो खुलेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो ऐन संशोधन गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव स्वीकृत गरेपछि ऐन संशोधनका लागि बाटो खुलेको हो । ऐन संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले मुलुकभरका अस्पताल आठ दिनसम्म बन्द गरेका थिए । यस्तै, बैठकले सात वटै प्रदेशमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको शाखा खोल्ने तथा प्रत्येक वर्ष प्राकृतिक चिकित्सा दिवस मनाउने निर्णय समेत गरेको छ । यता, डक्टर्स सोसाइटी अफ नेपाल लगायत एघार वटा चिकित्सक संगठनले आफ्ना माग प्रति सरकार गम्भीर नभएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको छ । ऐन संशोधनको प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपनि कार्यान्वयनमा नआएसम्म आन्दोलन जारी राख्ने सो संगठनले जनाएको छ । अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गर्नेलाई धरौटी बिना जेलको प्रावधान सहितको ऐन ल्याउनु पर्ने लगायत माग राखी उनीहरुले कालो पट्टी बाँधेर हेल्मेट लगाई उपचार गरिरहेका छन् ।
कुन समयमा के खानेकुरा खाने ?। भोक लागेको समयमा जे खानेकुरा भेट्यो त्यही खाने धेरैजसो मानिसको बानी हुन्छ । तर, यो गलत हो । कुन परिकार कतिवेला खाँदा के फाइदा र बेफाइदा हुन्छ भन्ने …Read More