२२ अशोज | कुनै पनि संस्थाले आफ्ना कर्मचारी आफ्ना बाहेक अन्य संस्थामा काम गरोस् भन्ने चाहँदैन विशेषगरी एउटै क्षेत्रमा । तर यदि कर्मचारी निकै भिन्न प्रकारको साइड जब गर्छन् भने साधारणतया संस्थालाई आपत्ति हुँदैन । तर यहाँ ठिक उल्टो भएको छ । अमेरिकामा एक प्रि–स्कूल शिक्षिकालाई कामबाट यसकारण निकालियो किनभने उनी राती निकै ‘भिन्न प्रकारको काम’ गरिरहेकी थिइन् ।
टिचिङ र सेक्स, दुबै प्यासनः
२१ वर्षीया नीना स्काये एक क्रिश्चियन नर्सरी स्कूलमा शिक्षिका थिइन् । उनी दिउँसो पढाउँथिन् र राती पोर्न फिल्ममा काम गर्थिन् ।
जब उनलाई उनको साइड जब बारे थाहा भयो तब उनलाई उक्त काम बन्द गर्नुपर्ने बताइयो । तर नीनाले उनीहरुको आग्रहलाई मानिनन् जसका कारण उनलाई स्कूलबाट निकालियो ।