राजा ज्ञानेन्द्रबाट आएको अभिव्यक्तिको स्वागत गर्दै पर्साबासी नागरिकहरुले हातमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र राजा ज्ञानेन्द्रको फ़ोटो अंकित ब्यानर, चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झण्डा हातमा लिएर वीरगंज नगर परिक्रमा गरेका छन् ।
“नेता चोर देश छोड़, नारायणहिटी खाली गर राष्ट्रवादी आउँदैछन्, जनता-राजा एक हौं, विदेशी दलाल चाहिँदैन, सैनिक शासन लागु गर” जस्ता नारा लगाउँदै सहभागीहरुले राजाको अभिव्यक्तिमा ऐक्यवद्धता जनाउन ऱ्याली निकालेका हुन् ।