मामा-भाञ्जाको नौलो प्रयास जंगली कालिज व्यवसायिक रुपमा पालिँदै एउटा कालिजको मूल्य ३ हजार !पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना घर भई २३ वर्षदेखी बेल्जियम बस्दै आएका पदम अधिकारी र उनको भाञ्जा सोमनाथ लामिछानेले संयुक्त रुपमा कालिजको व्यवसायीक पालन सुरु गरेपछि वैधानिक रुपमै कालिज खान पाइने भएको हो ।
अधिकारी र लामिछाने नाताले मामा भाञ्जा हुन् । उनीहरुले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ लामगादीमा नेपाल वाइल्ड फूड प्रोडक्ट प्रालि खोलेर कालिज व्यवसायिक रुपमै उत्पादन सुरु गरेका छन् । १ करोड खर्च भइसकेको यस र्फममा मामा अधिकारीको ८० प्रतिशत लगानी छ भने भाञ्जा लामिछानेको २० प्रतिशत लगानी छ ।बाकी भिडियो मा हेर्नुहोलाबाकी भिडियोमा हेर्नुहोला