कुनै प्रेतात्मा वा भूत भन्ने बित्तिकै डर लाग्दछ । तर यो दुनियाँमा एउटा यस्ती युवती छिन् जो यस्ता डरलाग्दा भुतात्मासँग बस्न सिकेकी छन् ।
यी युवतीको नाम हो, रेबिका । उनी आफ्नो कुकुरसँग घरमा बस्छिन् । उनको घरमा दिनहुँ अनौठो खालको आवाज आउँछ । घरमा पहिले बस्ने गरेको कुनै मानिसको जस्तो हुन्छ रे आवाज । हालै एक दिन उनी आफ्नो कुकुरसँग सुतेकी थिइन् । अचानक कुकुरको आँखा खुल्यो र उसले कुर्सीतर्फ घुरेर हेर्न थाल्यो । त्यसबेला रातको २ बजेको थियो । अचानक टेलिभिजन आफैं अन भयो र बज्न थाल्यो । उनन तत्कालै आफ्नो मोबाइल फोनबाट केही फोटा खिचिन् । जब उनले तस्वीर हेरिन् तब झसंग पार्ने खालका थिए । तस्वीरमा कोही व्यक्ति कुर्सीमा बसेको जस्तो देखिन्थ्यो ।
यद्यपि, रेबिकाका छिमेकीहरुले भने उनको घरमा असाधारण घटनाहरु हुने गरेको भन्दै घरमा भूत रहेको हुनसक्ने बताउँछन् । त्यसैले भूतको पहिचान गर्नसक्ने मानिस ल्याएर घरको निरीक्षण गर्न लगाउन छिमेकीहरुले रेबेकालाई अह्राउने गर्दछन् ।
७.७ म्याग्निच्यूडको भूकम्प रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ। रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ।रुसको पूर्वी तटीय क्षेत्रमा केन…Read More