सेतो गन्जी, सेतो धोती लगाएपछि घाँटीमा रुद्राक्षको माला लगाए । एक माना चामल, एउटा कुखुराको अन्डा, ५ फरक–फरक रंगका साना कपडाका झोली र एक रुपैयाँको सिक्का पैसा चरेसको थालीमा राखेपछि ‘ॐ नम शिवाय: ॐ विष्णु, ॐ ब्रह्मा… दुर्गाकाली, सरस्वती… आकाशका सूर्य देउता, पातलका जलदेवता, पृथ्वीका अग्नि देवता….’ मन्त्र उच्चारण गर्दै ५९ वर्षीय कर्णबहादुर सार्की परम्परागत तान्त्रिक विधिद्वारा उपचार गर्न भन्दै झाँक्री बसे ।