केही वर्ष अघिसम्म गाई वस्तुलाई सोत्तर ओछ्याउने काममा मात्र प्रयोगमा आउने गरेको अर्गेलीबाट अहिले जापानीज गुणस्तरको कागज उत्पादन हुन थालेको छ । जंगलमै उच्च गुणस्तरको जापानीज कागज उत्पादन हुन थालेपछि अर्गेली र लोक्ताको पाटको मुल्यसमेत आकासिएको छ ।
अर्गेलीको रेशाबाट उच्च गुणस्तरको नेपाली हाते कागज उत्पादन गर्दै आएको तीनजुरे गैरकाष्ठ वन पैदावर उत्पादन तथा प्रशोधन प्राँलीले गत वर्ष देखी जापानिज गुणस्तरको कागज उत्पादन गर्न थालेको खबर नयाँ पत्रिकामा छ ।
उत्पादित कागज अहिले जापानतर्फ निर्यात भइरहेको प्रालिका अध्यक्ष बलमान गुरुङले बताए । जंगलमा प्राँकृतिक रुपमा उम्रिएको अर्गेलीको पाटबाट जापानी पैसा आउन थालेपछि यस क्षेत्रका लेकाली गाउँका किसानहरु अर्गेलीको व्यवसायिक खेतीमा लागेका छन् ।
अहिले तेह्रथुमवाट मात्र वार्षिक २५ हजार केजी भन्दा वढी लोक्ताको पाट उत्पादन हुने गरेको यसको व्यवसायमा लागेकाहरुको भनाई छ । अर्गेलीको व्यवसायिक खेतीमा लागेका किसानहरु मिलेर देउरालीमा नेपाली हाते कागज उद्योग समेत संचालन गरेका छन् । लोक्ताको पाट स्थानीय स्तरमा प्रशोधन भएर कागज उत्पादन हुन थालेपछि यस क्षेत्रमा त्यसै खेर गएको लोक्ता र अर्गेलीले अन्तराष्ट्रिय बजार पाएको छ ।
तेह्रथुम र संखुवासभाका सामुदायीक तथा निजी वन क्षेत्रमा १५ सय बढी किसानले अर्गेलीको व्यवसायिक खेती गरिरहेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लामा निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा गरी ८ सय ९१ हेक्टरमा अर्गेलीको व्यवसायिक खेती हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा २५ हजार केजी अर्गेलीको पाट उत्पादन भएको थियो ।
पहिले जंगलमा प्राकृतिक रुपमा मात्र रहेको अर्गेलीको २०५५, ०५६ सालतिर वाट किसानले व्यवसायिक रुपमा खेती विस्तार सुरु गरेको अर्गेलीको व्यवसायीक खेतीमा लागेका वसन्तपुर टुटेका राम वहाुदुर गुरुङले बताए । एक दशक अघिसम्म जंगलमा गोठालो जानेहरुले दाम्लो, नाम्लो, डोरी बाट्ने लगायतका काममा मात्र अर्गेली र लोक्ताको पाटलाई प्रयोगमा ल्याउथे । तर अहिले सोही पाटबाट हाते कागज उत्पादन गरी अन्तराष्टिय बजारमा समेत निर्यात हुने थालेको हो ।
‘मान्छेको मासु खाएरदक्षिण अफ्रिकामा मान्छेको मासु खाएर आफू थाकिसकेको बताउँदै एक नरभक्षीले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि नरभक्षीको आरोपमा ४ जनालाई अदालतमा उभ्याइएको छ।अदा…Read More